कस्तो टिप्पणी गर्लान् एमाले अध्यक्ष ओलीले नीति तथा कार्यक्रमका विषयमा

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ लागि सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज टिप्पणी गर्ने भएका छन् ।

नीति तथा कार्यक्रममाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा बोल्ने कार्यक्रम रहेको जनाइएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याएको थियो ।

सो कार्यक्रमाथि एमाले नेताहरुले विरोधमूलक टिप्पणी यसअघि नै गर्न थालिसकेका छन् ।

आज अध्यक्ष ओलीले पनि यसको विरोध नै गर्ने अनुमान छ । यसअघि पनि ओलीले सरकारको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने टिप्पणी गरिसकेका छन् ।