किन पक्राउ गर्न सकेन प्रहरीले प्रदीप रुगंटालाई

काठमाडौं । नेपाल दाना उद्योग संघका उपाध्यक्ष रहेको दाना तथा चामल उद्यमी व्यापारी प्रदीप रुगटालाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । आत्महत्या दरुत्साहन मुद्दा परेपछि रुंगटा फरार रहेका छन् । पोषक दानाका साहु समेत रहेका प्रदीपले केही महिना अघि चितवनका दाना उद्यमी शंकर कंडेलको अनमोल फिड्सको ८५ प्रतिशत शेयर लिएका थिए ।

शेयर लिएपछि रुंगटाले कंडेललाई विभिन्न खाले मानसिक तनाव दिएपछि शंकर कँडेलले आत्महत्याको बाटो रोजेको उनको सुसाईट नोटमा लेखिएको छ ।

सुसाईट नोटकै आधारमा रुंगटा विरुद्ध कंडेलका परिवारले दुरुत्साहत मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता गराए लगतै रुंगटा फरार रहेको भनिएको छ । तर उनलाई प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ ।

नेपाल प्रहरी रुंगटालाई पक्राउ गर्न नसकेको होइन । नचाहेको भन्ने आरोप प्रहरीलाई लाग्दै आएको छ । श्रोतका अनुसार वर्तमान सरकारले नै रुगंटालाई बचाउन लागेकोले प्रहरीले त्यत्ति धेरै चासो नदिएको परिवारहरुको गुनासो छ ।