निःशुल्क एम्वुलेन्स विद्यासुन्दरले ल्याए, बालेनले चर्चा कमाए

काठमाडौं । यतिखेर सामाजिक सञ्जालमा १०२ निःशुल्क एम्वुलेन्सको चर्चा र महानगरपालिकाका प्रमुख बालेन्द्र साहको चर्चा छ । बालेन्द्र साहले निर्वाचित भएर आएदेखि नै फरक किसिमको काम गरेर चर्चा कमाएका छन् । अनि जनताका मन पनि जितिरहेका छन् । काठमाडौंको सडक पेटीको व्यापार खाली गरी पैदल यात्रुलाई हिड्न सहज बनाउने देखि अवैध रुपमा बनेका संरचना हटाउने बालेन नेतृत्वको काम प्रशंसा योग्य नै छ ।

तर अहिले सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरुले बालेन साहको प्रशंसा गर्ने क्रममा विगतदेखि भईरहेका कार्यलाई पनि अहिले बालेनले गर्दै आएको भन्दै बालेनलाई असफल बनाउने प्रयास गरिरहेका छन् । १०२ एम्वुलेन्स सेवा अहिले निकै चर्चामा छ ।

कञ्चनपुरबाट मुटुको विरामी उपचार गराउन ल्याउँदा महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित एम्वुलेन्सले दिएको सेवाले विरामीका आफन्त निकै नै खुशी देखिएका छन् । काठमाडौं महानगरपालिकाले यसैगरी नागरिकहरुको सेवा गर्दै आईरहेको छ त्यसमा दुई मत छैन र बालेन आएपछि अझ प्रभावकारी ढंगले सेवा प्रवाह भईरहेको देखिन्छ त्यो डरले हो वा करले यसै भन्न सकिँदैन ।

जहाँसम्म १०२ एम्वुलेन्स सेवा सञ्चालन भईरहेको छ । त्यसको श्रेय काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यलाई जान्छ । विश्वमहामारीका रुपमा फैलिएको कोभिड १९ का कारण लकडाउनका समयमा विरामीहरुले उपचार गर्न अस्पताल जान नपाउने अवस्थाको सिर्जना भएको थियो ।

त्यसै बेला तात्कालिन मेयर विद्यासुन्दर शाक्यको पहलमा महानगरले हटलाईन सेवा शुरु गरेको थियो । हटलाइन मार्फत कोभिडका विरामीहरुको अवस्थाका बारेमा जानकारी दिने टेलिफोनबाट चिकित्सकहरुले सल्लाह दिने गरी एप्स पनि शुरु गरेको थियो ।

त्यत्तिमात्र होइन अस्पताल पुग्ने पर्ने कोभिड १९ का विरामी तथा अन्य विरामीलाई अस्पतालबाट घर र घरबाट अस्पतालसम्म निःशुल्क पु¥याउने सर्तमा नेपाल एम्वुलेन्स सेवालाई बार्षिक १ करोड ४४ लाख दिने गरी तात्कालिन मेयर विद्यासुन्दर शाक्यले पाँच वर्षका लागि निःशुल्क एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएका थिए । तर विद्यासुन्दर शाक्यले गरेको निःशुल्क एम्वुलेन्स सेवालाई अहिले बालेन साहले शुरु गरेको भन्नु जायज भने पक्कै होइन ।

यही निःशुल्क एम्वुलेन्स सञ्चालन गरेवापत काठमाडौं महानगरपालिकाले नेपाल एम्वुलेन्स सेवालाई बार्षिक १ करोड ४४ लाखका दरले भुक्तानी त्यसबेला देखि नै गर्दै आएको छ । तर अहिले १०२ लाई फरक ढंगले चर्चामा ल्याउने प्रयास पनि भईरहेको छ । महानगरपालिकाले बार्षिक १ करोड ४४ लाख भुक्तानी गरिरहेका अवस्थामा सो सेवाले नागरिकसँग पैसा असुलीरहेको गुनासो बढेपछि कोभिडकै समयमा समेत सम्झौता रद्द गर्नेसम्मको अवस्थामा पुगेको जानकारहरु बताउँछन् ।

कोभिडका समयमा काठमाडौं महानगरपालिकामा तात्कालिन प्रमुख विद्यासुन्दर शाक्यले विरामीहरुलाई निःशुल्क रुपमा अस्पतालदेखि घर एवं घरबाट अस्पतालसम्म पु¥याउनका लागि नेपाल एम्वुलेन्स सेवाको १०२ र संयुक्त एम्वुलेन्स सञ्चालक संघमा आवद्ध रही काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका अन्य एम्वुलेन्सहरुसँग समेत सहकार्य गरी हटलाइन ११८० मार्फत समेत निःशुल्क एम्वुलेन्स सञ्चालन भएको थियो । १०२ एम्वुलेन्स बालेन साह आएपछि निःशुल्क भएको भने होइन ।

निःशुल्क एम्वुलेन्स सेवा १०२ का विषयमा काठमाडौं महानगरपालिकामा पूर्व मेयर विद्यासुन्दर शाक्य भन्छन्, ‘यो सेवा अहिले शुरु भएको होइन, कोभिडको समयमा उपत्यकाबासीहरुले उपचार गर्न जान नपाउने अवस्था देखिएपछि मेरै नेतृत्वमा निःशुल्क एम्वुलेन्स सेवा १०२ मार्फत गरेको हो । त्यस अघि १०२ ले विरामी वोके बापत रकम लिने गर्दथ्यो ।

कुनै पनि विरामीले निःशुल्क एम्वुलेन्स सेवा पाउनु पर्दछ भन्ने सोचले मैले शुरुवात गरेको हो त्यसमा कुनै दुई मत नै नहुनु पर्ने हो’ जे भएपनि महानगरले निःशुल्क एम्वुलेन्स सञ्चालन गरेको छ भन्ने सन्देश गएको छ त्यो नै राम्रो हो । जस कसले लिने भन्ने कुरा फरक हो, त्यो इतिहास नै साक्षी छ’ विद्यासुन्दरको भनाई छ ।

जे होस् काठमाडौं महानगरपालिकाले बार्षिक १ करोड ४४ लाख रुपैयाँ नेपाल एम्वुलेन्स सेवालाई उपलब्ध विगतवर्षदेखि नै उपलब्ध गराएका कारण यो सेवा सुचारु छ । एम्वुलेन्स सेवामा बालेनले महानगरको चर्चा भने गराएका छन् ।

ताजा अपडेट