फेरि पाउँलान् त रवि लामिछानेले गृहमन्त्री ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण निकै चर्चामा रहे । सर्वोच्च अदालतमा परेको रीटमाथि सुनुवाई गर्दै अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि पुन नागरिकता लिनका लागि प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद नै खारेजी गरिदियो ।

सांसद पद खारेजी भएको भोलीपल्टै रविले नेपाली नागरिकता प्राप्त गरे । नागरिकता प्राप्त गरेका लामिछानेले सत्ता छाडेनन् बरु त्यही गृहमन्त्रालयले आफूले पाउनु पर्ने र उपनिर्वाचन नहुञ्जेल आफू नै गृहमन्त्री बन्न पाउनु पर्ने हठ गरिरहेका छन् ।

गृहमन्त्री नपाए सत्ता छाड्ने भन्दै उनी कहिले प्रचण्ड निवास त कहिले ओली निवास धाईरहेका छन् । नो नट अगेन भन्दै ओली र दाहालका विरुद्ध चर्को आवाज उठाउँदै आईरहेका रवि अहिले प्रचण्ड ओलीलाई ‘वोन्स अगेन’ भन्दै सत्ता साझेदार बन्न पुगेका हुन् ।

ओलीले लामिछानेलाई पुन गृहमन्त्री बनाउन प्रचण्डलाई दवाव दिएको बाहिर चर्चा चलेपनि खासमा भने उनलै प्रचण्डलाई त्यस्तो धम्की दिएका पनि छैनन र रविलाई पुन गृहमन्त्री बनाउने पक्षमा होइनन् । ओलीले त सामाजिक सञ्जालमा रविका पक्षमा देखिएको जनमतलाई कदर गरे जस्तै गरी पुन उनलाई गृहमन्त्री बनाउन खोजेको जस्तो मात्र देखिएको हो ।

ओलीले लामिछानेलाई गृहमन्त्री बनाउँछु भन्नु र प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफै राख्ने अभिव्यक्ति दिनुले को बलिको बोको हुँदैछ भन्ने कुरा स्पष्ट देखिन्छ । माओवादी भित्र अहिले रविलाई गृहमन्त्री दिनु हुन्न भन्ने पक्षमा धेरै नेताहरु देखिएका छन् । तर सत्ता साझेदार दल एमालेका अध्यक्ष ओलीले भने रविलाई बाहिर मात्र गृहमन्त्री बनाउने जिकिर गरेका हुन् ।

अधिवक्ता एवं सञ्चारकर्मी समेत रहेका स्वागत नेपालका अनुसार रवि विदेशी नागरिक भएकाले उनलाई गृहमन्त्री बनाउने होइन राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसदलाई नै स्वतन्त्र सांसदका रुपमा राखिनु पर्ने धारणा व्यक्त गर्दछन् । रवि लामिछानेलाई नागरिक र पासपोर्ट दुरुपयोग गरेको अभियोगमा जेल हाल्नु पर्ने अधिवक्ता नेपालको तर्क छ ।

सत्ता स्वार्थका लागि राहदानीका विषयमा विवाद भईरहेकाले त्यसकै तालुकदार निकायका रुपमा रहेको गृह मन्त्रालय रविलाई कानूनी रुपमा नै कुनै हालतमा पनि दिनु हुन्न भन्ने तर्क नेपालले गरेका छन् ।

अहिलेको राजनीतिक अवस्था र लामिछानेको नागरिकतासँग पलाएको दोहोरो राहदानी प्रयोगका कारण पनि पुन गृहमन्त्री बन्ने अवस्था भने देखिँदैन । बरु रास्वपाले गृहमन्त्री नपाएको खण्डमा सरकारबाट बाहिरिने सम्भावना बढ्दै गईरहेको छ ।