बर्दियाका सांसद संजय गौतमले के सहमति गरी तोडे अनसन

बर्दिया । गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल भाँचिएको ७ बर्ष वित्दा पनि पुर्ननिर्माण नभएको भन्दै सो क्षेत्रका सांसद एवं पूर्व सिंचाई मन्त्री सञ्जय गौतमले अनसन बसेको आठौं दिनमा अनसन तोडेका छन् । उनलाई संघीय सरकारका मन्त्री प्रकाश ज्वालाले जुन खुवाएर अनसन तोडाएका हुन् ।

सरकारको तर्फबाट मन्त्री ज्वालाले अनसन स्थगीत गर्नका लागि वार्ताको पहल गरेका थिए । सांसद गौतम र मन्त्री ज्वाला विच ११ बुँदे सहमति भए सँगै अनसन स्थगित भएको हो ।

भत्किएका पुलका अवसेसहरु जेठ २० गते सम्म हटाउने, नयाँ पुल निर्माणको लागि जेठ महिना भित्र टेण्डरको सूचना निकाल्ने, बबई सिचाई आयोजनाको बाँकी कार्य निर्धारित समय भित्र सम्पन्न गर्ने, नदि नियन्त्रणका कार्यहरु अगाडी बढाउने, भुरिगाउँ तेलपानी सडक निर्माण, गुलरिया मुर्तिया नाका सञ्चालन तयारी गर्ने लगाएतका ११ बुँदे सहमति भएको छ ।

मन्त्री ज्वालाले जेठ महिना भित्रै जब्दीघाटमा नयाँ पुल निर्माणको सुरुवात गर्ने बताए। उनले सांसद गौतमले उठाएका मुद्दाहरु जायज भएको हुनाले सबै मुद्दाहरुको सम्बोधन सम्बन्धीत मन्त्रालयहरु गर्ने बताए ।

ताजा अपडेट