महाशिवरात्री : पशुपतिको जात्रा थरी थरीका व्यापार (फोटो फिचर)

काठमाडौं । महाशिवरात्री पर्व हर्सोल्लासका साथ सम्पन्न हुँदैछ । विश्व सम्पदामा सूचिकृत पाशुपत क्षेत्रमा शुक्रबार राती देखि नै स्वदेशी तथा छिमेरी देशबाट आएका भक्तजनहरुको भीड उल्लेख्य नै देखिन्छ ।

पशुपति मन्दिर दर्शन गर्नका लागि सवैभन्दा लामो लाईन चुच्चेपाटी चावहिल, मित्रपार्क हुँदै जयबागेश्वरीबाट प्रवेश गराईएको छ । त्यस्तै अर्को लाई गुहेश्वरी मन्दिर तर्फबाट गौरीघाट हुँदै पशुपछि प्रवेश गराइएको छ ।

त्यस्तैअर्को लाईन एयरपोर्ट तिलगंगा हुँदै गौशालाबाट व्यवस्था गरिएको देखिन्छ भने पुरानो वानेश्वरबाट पनि गौशला हुँदै पशुपछि क्षेत्र प्रवेश गराइएको छ ।

पशुपति क्षेत्रभित्रका जति रौनक देखिएको छ । पशुपछि मन्दिर वरपर थरिथरिका व्यापार गर्नेहरुको उत्ति उत्तिक रौनक छ । भन्ने नै गरिन्छ पशुपतिको जात्रा : सिन्द्राको व्यापार