राससकर्मी अधिकारी पुरस्कृत

काठमाडौँ । नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले यस वर्षको मिडिया अवार्डबाट राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार सिबी अधिकारीलाई प्रदान गरेको छ ।

नाट्टाको २४ औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारण सभाका अवसरमा नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएबापत अधिकारीलाई कदरपत्र र रु २५ हजारसहित पुरस्कृत गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले पुरस्कार प्रदान गरेका थिए । अधिकारीले करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारी राससमा पर्यटनलगायत विषयमा कलम चलाउदै आएका छन् । रासस