रुसको बेल्गोरोड क्षेत्रमा १ जनाको मृत्यु, ३ घाइते

काठमाडौँ । युक्रेनी सशस्त्र सेनाले रुसको बेल्गोरोड क्षेत्रको शेबेकिनो जिल्लामा गरेको गोलाबारीमा १ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य ३ जना घाइते भएका छन् ।घाइते हुनेमा दुई किशोर र एक वयस्क रहेको पनि गभर्नरले बताएका छन्।

यस क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार दिएको जानकारी अनुसार एक जनाको मृत्यु भएको छ । उनी शहरको एक अपरेटिङ इन्टरप्राइजमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बुझिएको छ ।

दुई ठूला उद्योगको परिसरमा कैयौं गोला खसेको र आगोलागी भएको थियो । आपतकालीन सेवाहरूले क्षेत्रको निरीक्षण गरिरहेको छु, गभर्नरले भने। युक्रेनको खार्कोभ क्षेत्रको छेउमा अवस्थित बेल्गोरोड क्षेत्र हालै युद्धको केन्द्र बनेको छ।