रोकिएन सेयर बजारको गिरावट

काठमाडौँ  । बुधबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

कारोबार बन्द हुँदा परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३८.८३ अंक घटेर १८४९ अंकमा कायम भएको छ । यसअघि मंगलबार ५३ अंक घटेको थियो । बजेट घोषणापछिको दुई दिनमा नेप्से ९१ अंक घटिसकेको छ ।

बुधबार कुल २ अर्ब ३१ करोड रुपैयाँको कारोबार भयो । मंगलबार २ अर्ब ३४ करोडको भएको थियो । कुल १६ कम्पनीको मूल्य बढ्दा २०३ को घट्यो । बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ १८, विकास बैंक ७०, फाइनान्स ३४, होटल तथा पर्यटन १२५, जलविद्युत् ६१, जीवन बीमा २२८, उत्पादन १७२, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २२२, अन्य २० र ब्यापार उपसमूह ३५ अंक घटे ।

आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत तथा माइखोला हाइड्रोको मूल्य ६ प्रतिशत बढ्यो । युनिलिभर नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । एसियन हाइड्रोपावरको ९.७, युनिक लघुवित्तको ८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक ९संस्थापक०, शिवम् सिमेन्ट, स्टान्डर्ड चार्टड, एनआईसी एसिया बैंक र तारागाउा रिजेन्सी क्रमशः अगाडि रहे ।

सेयर लगानीकर्ताहरुले घोषित बजेटको आय विवरण बुझाउनुपर्ने व्यवस्थाप्रति आपत्ति जनाएका छन् । सेयर लगानीकर्ताहरुले आयविवरण बुझाउनुपर्ने र सोमा आयकर लाग्ने आशय बजेटमा राखिएपछि त्रसित भएका छन् ।

ताजा अपडेट