व्यापारीलाई पौने दुई करोड जरिवाना, चुरोटको सुटकेस भित्र सुन ल्याएको आशंका, अनुसन्धान जारी

काठमाडौँ  । अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बाटो भएर राजस्व चुहावटमा संलग्न व्यापारिक फर्मलाई पौने दुई करोड जरिवाना गरिएको छ ।

रौटामाई ट्रेडर्सले आयात गरेको सनग्लास (चस्मा), तयारी पोसाकल गायतका सामानको परिणाम र गुणस्तरको घोषणा फरक परेपछि जरिवाना १ करोड ८५ लाखसहित २ करोड २ लाख ६१ हजार राजस्व तिराउने निर्णय गरेको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक अरुण पोखरेलका अनुसार घोषणा गरेको भन्दा फरक गुणस्तर र परिमाण फेला परेपछि सुरु भएको अनुसन्धानका आधारमा जरिवाना तोकिएको छ । आयातकर्ताले भने १५ लाख राजस्व तिर्नेगरी सामानको घोषणा गरेका थिए ।

भन्सार कार्यालयका अनुसार व्यापारीले रेबन लेखिएको ५ हजार ३ सय ३० पिस चस्मा घोषणा गरेकोमा जाँचका क्रममा ९ हजार ८ सय ८० फेल परेको छ । भन्सारका अनुसार जाँचका क्रममा आयातकर्ताले गरेको घोषणाभन्दा ४ हजार ६ सय ५० पिस बढी भेटिएको थियो । बच्चाको सनग्लास९चस्मा० घोषणा गरेर वयष्कले प्रयोग गर्ने ५ हजार ३ सय ४० पिस चस्मा भित्र्याउन खोजेको देखिएको छ ।

गर्ल्स चाइल्ड भेस्ट, चाइड सिंगल विन्डप्रुफ, बेबी भेस्टलगायतका वस्तुको आयातका क्रममा राजस्व छलीको प्रयास भएको देखिएको छ । यसैबीच प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले विद्युतीय चुरोटको सुटकेसमा राखेर सुन तस्करी गरेको घटनामाथि अनुसन्धान भइरहेको छ । घटनामा पक्राउ परेका चार जनामाथिको अनुसन्धान भइरहेको भन्सारले जनाएको छ ।

भन्सारको तथ्यांकअनुसार गत पुसमा ७ सय ३० वटा चुरोट ल्याइएको थियो । ह्यान्डक्यारीबाट सुटकेसमा ल्याएको उक्त चुरोटको परिणाम ठूलो भएकाले गोदाममा राखिएको थियो । झन्डै ६ महिनादेखि गोदाममा थन्क्याइएको उक्त सुटकेसमा भएको सुन बाहिर लगेर भन्सार कर्मचारीको मिलेमतोमा नक्कली सामान राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भन्सार कर्मचारी(नासु) रेवन्त खड्का र तीन जना भन्सार एजेन्टसहित चार जनामाथि अनुसन्धान भइरहेको छ । सामान कसको भन्ने नखुलेको भन्सारका कर्मचारीले बताए । नासु खड्काले आर्थिक प्रलोभनमा परेर आयातकर्तासॅग मिलेमतो गरेको शंका गरिएको छ । बरामद भएको चुरोट नष्ट गर्नुपर्ने प्रावधान भए पनि अन्य सन्दर्भमा सुटकेस जाँच गर्दा शंका लागेर अनुसन्धान सुरु गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट सुन लगेर अन्य नक्कली वस्तु सुटकेसमा राखेको अनुमान रहेको छ । सुन कसले लग्यो त्यसको अनुसन्धान सीआईबीले गरिरहेको स्रोतले बतायो ।

ताजा अपडेट