सकियो यो वर्षको इन्द्रजात्रा, जात्रालाई अन्तर्राष्ट्रिय गर्न कहाँ चुक्यो महानगर

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुल्क चतुर्दशीका दिन मनाइने इन्द्र जात्रा पर्व बुधबार साँझ इन्द्रध्वज सहितको लिङ्गो ढालेसँग सकिएको छ । गत बुधबार परम्परागत बाजा गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर देवराज इन्द्रको पूजा आराधना गरी इन्द्रध्वजा सहितको लिंगो ठड्याएसँगै जात्रा सुरु भएको थियो । भक्तपुरको चित्तपोल जंगलबाट ल्याइएको ३२ हात लम्बाइको लिंगो मानन्धर समुदायले उठाउएर शुरुवात हुने चलन रहेको छ ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा अर्चना गरी आठ दिनसम्म यो जात्रा मनाइने प्रचलन रहि आएको छ । हिन्दु र बौद्ध धर्मावलम्बी नेवार समुदायको साझा पर्वका रुपमा समेत इन्द्र जात्रालाई लिइन्छ । जात्रा अवधिभर विभिन्न बाजा बजाएर नाच, गान गरिनुका साथै रथ यात्रा गरिन्छ ।

अन्तर्राष्ट्रियकरणमा कहाँ चुक्यो महानगर ?

इन्द्रजात्रा पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि विभिन्न देशका नगरप्रमुख एवं महानगरको भगिनी सम्वन्ध भएका देशका प्रतिनिधिहरुलाई समेत जात्रा अवलोकन गराउने महानगरप्रमुख बालेन्द्र साहले इन्द्रजात्रा पर्वबारे जानकारी दिन महानगरले आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका थिए ।

तर, यस वर्षको इन्द्रजात्रामा महानगरले भने जस्तो विदेशी पाहुनाहरु आएनन् । नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी र उनकी पत्नी बाहेक महानगरले विदेशी पाहुनालाई स्वागत गर्न पाएन । जसले गर्दा यो वर्ष इन्द्रजात्रा पर्वलाई अन्र्तराष्ट्रियकरण गर्ने भने पनि महानगर चुकेको महानगरकै जनप्रतिनिधिहरु बताउँछन् ।

ती वर्ष अघि काठमाडौं महानगरपालिकाका तात्कालिन महानगरप्रमुख विद्यासुन्दर शाक्यले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि विदेशी पाहुनालाई निम्तो दिएका थिए ।

राष्ट्रपतिसँग तीन वर्ष अघि इन्द्रजात्राका अवसरमा तात्कालिन प्रमुख विद्यासुन्दर शाक्य सहित विदेशी पाहुना

इन्द्रजात्रा अवलोकन तथा उपत्यकाका सांस्कृतिक एवं सम्पदा क्षेत्रहरुको भ्रमण समेत हुने गरी विदेशी नगरका प्रमुखहरुलाई निम्तो गरिएको थियो । जस अनुरुप त्यसबेला महानगर प्रमुख सचिवालय र अन्र्तराष्ट्रिय सम्वन्ध सचिवालयले निकै कसरत गरेको थियो र महानगरले निम्तो गरेका अधिकांश देशका प्रतिनिधिहरु इन्द्रजात्रा अवलोकन गर्न आएका थिए ।

त्यसबेला निम्तो गरिएका सवै पाहुनाहरुलाई दैनिक जसो कार्यक्रम सहभागिताका लागि निरन्तर सम्पर्क गरिएको थियो । जसले गर्दा पाहुनाहरु नेपालको इन्द्रजात्रा र सम्पदाको अवलोकन गर्न नेपाल आएका थिए । विदेशी पाहुनाहरुलाई सम्मान स्वरुप महानगरले निकै मेहनत गरेको थियो ।

त्यसबेला इन्द्रजात्रा अवलोकनका लागि आएका पाहुनालाई राष्ट्रपतिसँग समेत भेट गराइएको थियो महानगरपाकालिका अन्र्तराष्ट्रिय सम्वन्ध सचिवालयका तात्कालिन प्रमुख बताउँछन् ।
तर, यो वर्ष महानगरपालिकाले इन्द्रजात्रा भव्य रुपमा मनाउने भनिएता पनि विगतमा जस्तो विदेशी पाहुनालाई गर्ने निरन्तर खवर र समन्वय नगरिएको भन्ने आरोप नलागेको पनि होइन ।

जे होस् महानगरपालिकाले यो वर्ष चाहे जस्तो गरी विदेशी पाहुनलाई सत्कार गर्न नसकेको र जात्रालाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउनका लागि विदेशी जनप्रतिनिधि तथा नगरका प्रतिनिधिहरु जसरी साधनका रुपमा लिन सक्नु पर्ने थियो त्यो भने गर्न नसकेको पक्कै हो ।

ताजा अपडेट