सम्बन्धविच्छेद भएको खुशियालीमा बन्जी जम्प गर्न गएका व्यक्तिको डोरी नै चुँडिएपछि…..

काठमाडौं । सम्बन्धविच्छेदको खुसी मनाउन एक व्यक्ति निकै भारी परेको छ । श्रीमतीसँगको सम्बन्ध टुट्नेबित्तिकै उनी बन्जी जम्पिङ गर्न गएका थिए, तर त्यहाँ ठूलो दुर्घटना भयो ।

ति व्यक्ति बन्जी जम्प गर्न हाम फालेको डोरी चुँडिएपछि उनी ७० फिटको उचाइबाट तल खसेका थिए भने त्यसपछि उनको घाँटीमा गहिरो चोट लागेको छ ।

यो घटना ब्राजिलको हो भने बन्जी गर्ने व्यक्तिको नाम राफेल डोस सान्तोस टोस्टा हो। २२ वर्षीय राफेल सम्बन्धविच्छेद पछि ब्यूटी स्पट भन्ने ठाउँमा गएका थिए, जहाँ उनीसँग यो घटना घट्यो ।

आफ्नो ज्यान बचेपछि स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भने, ‘म सधैं एकदमै शान्त व्यक्ति हुँ तर पछिल्लो समय परिस्थिति फेरिएको छ । सम्बन्धविच्छेद पछि म मेरो जीवनलाई हरसम्भव तरिकामा आनन्द लिन चाहन्थें। मैले धेरै पागल काम गरें। मैले आफ्नो जीवनलाई महत्व दिइन ।’

राफेल आफ्नो २२ औं जन्मदिन अघि आफ्नो काका तर्फका भाई र तीन साथीहरु संग बन्जी जम्प गए। डोरी चुँडिएपछि उनी तल समुन्द्रमा खसे । उनको घाँटी र मेरुदण्डमा चोट लागेको छ । कम्मर, अनुहार र शरीरका अन्य भागहरूमा पनि चोटहरू छन्।राफेलले भने तल हाम फाल्ने क्रममा उनले डोरीले आफ्नो वजन सहन नसक्ने कुरा मजाकमा भनेका थिए। उनकी आमाले पनि उनलाई यहाँ जान निषेध गरेकी थिइन्, तर उनी मानेनन्।

उनी भन्छन्, ‘मेरो जीवन अब उस्तै हुने छैन । म जीवित छु, म यसैमा खुसी छु। जुन ठूलो कुरा हो । दुर्घटना भएको तीन महिना बितिसक्यो तर त्यसको असरले म अझै त्रसित छु । यसका बाबजुद पनि फिजियोथेरापी र उपचारको सेसन लिइरहेको छु ।

‘पहिले जस्तो सुत्न सकिरहेको छैन । म दुःस्वप्न देखिरहेको छु। मलाई सुत्न डर लाग्छ’ उनले भने ।’

राफेल पेसाले प्रोडक्सन अपरेटर हुन्। उनले कारखानामा उत्पादन निरीक्षणको काम गर्छन्। दुर्घटनापछि उनी अफिस जान पनि पाएका छैनन् ।