सरकारले तलव भत्ता नै खुवाउन सक्दैन भन्ने हल्लाको पछि नलाग्नु : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले तलव भत्ता खुवाउन सकेन भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन् ।

मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सरकार तलव भक्ता खुवाउने दायित्वबाट पछि नहट्ने बताएका हुन् । उनले भने, ‘तलव नै छैन भन्ने उडन्ते कुराको पछाडि तपाईहरु त लाग्नु भएन नी । कम्तिमा तपाईहरुले त यो कुरा बुझ्नु पर्यो नी ।’

सामाजिक सुरक्षाको सवालमा सरकारले गरेको प्रयासलाई लिएर उठेका प्रश्नमा अर्थमन्त्री महतले गर्दा पनि नहुने, नगर्दा पनि आलोचना गर्ने प्रवृति अन्त्य गर्न आग्रह गरे ।

उनले भने, ‘मितव्यीताको कुरामा पहल गरेन भने पनि पहलै गरेन । पहल गरे पनि यतिले के चाहीँ हुन्छ र भन्नु भएन । जे कुरा प्रस्तावित गरेका छौं कमसेकम सुरुवात त गरेका छौं । राम्रो गर्यो भन्दीनुस । मैले भनिसके सामाजीक सुरक्षा, भत्ता, साधारण खर्च भए पनि त्यो निरन्तर हुनेछ । तलव भत्ता त्यो दिनै पर्ने कुरा हो नदिने कुरा भएन ।’

अनावश्यक खर्च कटौतिका लागि सरकार गम्भिर रुपमा प्रस्तुत हुने अर्थमन्त्री महतको भनाई छ । ‘त्यो भन्दा बाहेक हामीले बचाउने भनेको अनावश्यक खर्च कही भईरहको छ चने त्यसलाई रोक्ने कुरा हामीले गरिरहेका छौं । तपाईहरुले नै निरुत्साहीत गरेपछि सुधार हुँदैननी । त्यसैले सेकेण्ड जेनेरेशनको सुधारको कुरा पनि त्यही हो ।’

त्यस्तै सेयर बजारलाई कानुनी व्यवस्था अनुसार अतिरिक्त छुट दिइएको अर्थमन्त्री महतको दाबी छ ।