श्रमसचिवको शुभलाभ खेती !

काठमाडौं । नोकरशाहहरूले राजनीतिज्ञलाई समेत बेवकुफ बनाएर कसरी आफ्नो अधिकार कानूनी रुपले सुरक्षित गर्छन् र यही हैसियतको दुरुपयोग गरी नियुक्ति तथा बढुवामा एकै पटक लाखौं आर्थिक लाभ कसरी हासिल गर्छन् भनी जान्नुप¥यो भने श्रम मन्त्रालयका सचिव लक्ष्मण मैनालीलाई हेर्दा हुन्छ । श्रमका लागि विदेशिने नेपालीहरूका सहजताका लागि विदेशस्थित राजदूतावासमा वा कतिपय मुलुकमा श्रम काउन्सलर र श्रम सहचारी राख्ने व्यवस्था गरिएको छ । श्रम काउन्सलर र श्रम सहचारीको आवश्यकता महसुस भएपछि यसको नियुक्तिका लागि मापदण्ड बनाइयो । सो मापदण्डमा प्रष्ट रुपले नियुक्तिका लागि उम्मेदवारलाई प्रदान गरिएको नम्बरका आधारमा धेरै नम्बर प्राप्तलाई खटाइने व्यवस्था गरिएको छ ।
श्रम सहचारी निर्देशिकामा छनौट समितिका पदाधिकारीमध्ये सचिवले २ नम्बरसम्म दिन सक्ने व्यवस्था यसअघि गरिएको थियो । तर प्रचण्डको प्रधानमन्त्रीत्वमा तुलनात्मक रुपमा सोझा मानिएका सूर्यमान गुरु¨ श्रम मन्त्री रहेका बेलामा यसअघिको प्रावधानलाई सचिव मैनालीले सुटुक्क परिवर्तन गरी सदर गराए । उनले श्रम सहचारी निर्देशिकामा पहिलेदेखि नै रहेको प्रावधानलाई उल्ट्याईदिए । अस्थिर सरकार भइरहने हाम्रो देशमा केही महिनाकै अन्तरालमा सरकार ढल्छन् र मन्त्री पनि परिवर्तन भइरहन्छन् । यसैको फाइदा उठाएर सचिव मैनालीले यसअघिको प्रावधान उल्टाएर श्रम काउन्सलर र श्रम सहचारी नियुक्तिमा सचिवको मात्र एकाधिकार चल्ने अवस्था बनाएका हुन् । उनले उल्लेखित पदमा नियुक्तिका लागि दिइने नम्बरमा सचिव एक्लैले ५ नम्बर दिनसक्ने निर्देशिका बनाइ मन्त्रीलाई झुक्याएर हस्ताक्षर गराएका आरोप मन्त्रालयकै सहसचिवले लगाउ“दै आएका छन् ।
अहिले दक्षिण कोरिया र मलेसियामा उपसचिव तहलाई पठाइने श्रम काउन्सलर र दुबई, साउदी अरेबिया, ओमान र कुबेतमा शाखा अधिकृतलाई पठाइने श्रम सहचारीको पद रिक्त रहेको छ । यी ६ वटै पदमा नियुक्तिमा ५ नम्बर एक्लै सचिवले दिनसक्ने भएपछि आकर्षक तलब भत्ता हुने ती पदहरूमा जान चाहने कर्मचारीले अरुको चाकडी गर्नै नपर्ने भयो ।
यसको फाइदा उठाएर अहिले सचिवले उनका सहोदर भाइमार्फत श्रम काउन्सलरका लागि १० लाखसम्म र श्रम सहचारीका लागि ५ लाखसम्म दिनुपर्ने प्रस्ताव अघि सारेका आरोप लागेको छ । भनेजति रकम दिन नसकेपनि सचिवलाई रिझाएर कोरियामा उपसचिव डिल्लिराम बास्तोला जाने करीब पक्का भइसकेको मन्त्रालय स्रोतले सा“घुलाई बताएको छ । मलेसिया पठाउनका लागि भने उम्मेदवारहरूसंग छुट्टाछुट्टै सचिवले खुशामद गरिरहेको चर्चा छ । दुबइमा भने शाखाअधिकृतद्वय मोतिराम भुसाल र कृष्णकुमारी गौलीमध्ये कसले सचिवलाई रिझाउन सक्ने हुन् यसै भन्न सक्ने अवस्था छैन ।
सचिव मैनालीलाई रिझाउन सक्ने कर्मचारी मात्र श्रम काउन्सलर र सहचारीमा जानसक्ने अवस्था रहेको भएपनि धेरै उम्मेदवारबीच बोलकबोल गरी पठाउने तयारीमा रहेका सचिव मैनालीले लाभको प्रतिस्पर्धामा पछि पर्ने कर्मचारीलाई माथिको दबावका कारण तिमीलाई पठाउन नसक्ने अवस्था भनी जिल्याउने गरेका छन् । वरिष्ठ र अंग्रेजी भाषा तथा जनसम्पर्कमा पनि दक्ष कूटनीति समेत बुझेका उपसचिव र शाखा अधिकृतलाई पाखा लगाएर मैनालीले कनिष्ठ र कम क्षमता भएका भएपनि शुभलाभ टक्र्याउने कर्मचारीलाई मात्र पठाउने तयारी गरेको पनि स्रोतले बताएको छ ।-साँघुबाट

ताजा अपडेट