०४८ सालभन्दा अगाडि माओवादी पार्टी भन्ने त थिएन

देशका दुई चारवटा निर्वाचन क्षेत्रमध्ये चर्चामा आएको, सबैभन्दा कडा टक्कर भएको क्षेत्रमा पर्छ गोरखा–२, कत्तिको चुनौती फिल भएको छ ?
म त त्यस्तो खासै चुनौती देख्दिनँ । किनकि मेरो जन्मथलो, कर्मथलो गोरखा नै रह्यो, संविधानसभामा एउटा कीर्तिमान कायम गर्ने ढङ्गले मलाई जिताएर गोर्खाली जनताले पठाउनुभयो । संविधान बनाउने जिम्मा दिनुभो, मैले संविधान बनाएँ । छोटो समय प्रधानमन्त्री, अर्थमन्त्री छँदा विकासका पूर्वाधार सडक, बिजुली, पानीका कामहरू मैले गरेँ । त्यसबाट जनता खुसी नै हुनुहुन्छ र मलाई अत्यधिक मतले जिताउनुहुन्छ भन्नेमा ढुक्क छु । त्यसैले मलाई ठूलो कडा प्रतिस्पर्धा जस्तो लाग्दैन ।

पालुङटारमा भएको वाम गठबन्धनको सभामा दुवै पार्टीका अध्यक्ष आए, जसरी एउटा खालको मासको फ्लो देखियो नि त्योबाट चाहिँ कत्तिको धक्का महसुस गर्नुभयो ?
हैन त्यो सामान्य । मान्छेमा नेताहरू आउँदाखेरी जाउँ, भाषण सुनौं भन्ने जिज्ञासा हुन्छ । टेलिभिजनमा देखेको मान्छे कस्तो हुँदोरहेछ, कस्तो बोल्दारछन् भनेर मान्छेहरू सुन्न जानु अन्यथा ठूलो कुरा हैन । (हाँस्दै)… मैले त्यसलाई ठूलो मानेको छैन्, त्यो स्वभाविक कुरा हो । वास्तविक भोट हाल्ने त जनताले हो, म आफैं १०, १५ दिनदेखी घरदैलो गर्दै सबै ठाउँमा पुगेको छु । त्यसरी हेर्दाखेरी अत्यधिक मतले  जित्छु भन्नेमा ढुक्क छु ।

कन्फिडेन्ट हुनुहुन्छ ?
पूरै म कन्फिडेन्ट छु । किन, अब फेरि निर्णय गर्ने त जनताले हो । जनताको निर्णय हामीले मान्नुपर्छ । फेरीपनि जुन ढङ्गको काम गरेँ गोरखामा,  म अर्थमन्त्री भएपछि नै जुन सामान्य पूर्वाधार बुढीगण्डकी परियोजना, उता बुढीगण्डकीको किनारै किनार बेनिघाट देखी लार्केसम्मको बाटो, दरौँदी किनार हुँदै बारपाक र लाप्राकसम्मको बाटो, पालुङटारदेखि गोर्खा बजारसम्मको बाटो पिच गरेको कुरा, मैले पोलिटेक्निक इन्स्टिच्युट खोलेको कुरा, दरौँदी र अन्य परियोजना लागू गरेको कुराबाट जनता सन्तुष्ट छन् । अब मैले शुरु गरेको काम पुरा गर्नको निम्ती एकपटक अवसर दिनुपर्छ भन्ने उहाँहरूको धारणा छ । यिनै आधारमा मैले जित्छु र फेरि, म जनताका बीचमा आइ पनि राखेको छु, प्रत्येक महिना जनताको घरदैलोमा आएँ, त्यसले गर्दा मलाई सहज पहुँच पनि छ । यी सब कारणले गर्दा मेरो जितमा कुनै शङ्का छैन ।

तपार्इंले बाटो बनाएको, अन्य विकास गरेको दाबी गर्नुभो तर हामीले यही प्रश्न उहाँतपाईंंको प्रस्पिर्धी नारायणकाजी श्रेष्ठलाई सोध्दा, त्यो उहाँले गरेको हैन, उहाँले जस लिन पाउनुहुन्न । बाबुरामलाई पार्टीले पीएम बनाएको विकास पनि पार्टीले नै गरेको भन्नुहुन्थ्यो ?
हाँस्दै (पार्टी भन्नेले पार्टीले गरेको) तर ब्यक्तिको भूमिका भएन भने त ? पार्टीले गरेको भए त अरूपनी  भए नी, गोर्खाबाट अरूपनी प्रतिनीधि हुनुभो, अरू पनि मन्त्री हुनुभो । तर उहाँको पालामा के कति भो, जनतालाई सोध्नुस  त ? उहाँहरूले एउटा औंला भाँच्न पनी सक्नुहुन्न । तर मैले त गरेको कामहरू त आम जनताले पनी भन्छ, त्यसैले त्यो विषयमा मैले भन्नेभन्दा पनि जनताले भन्ने कुरा हो ।

 

तपाईंहरू दुई प्रतिस्पर्धी एउटै पार्टीमा बस्नुभो, लामो समयदेखि एउटै जिल्लावासी पनि हुनुको नाताले लामो सहकार्य भयो तर अहिले चुनाव प्रतिस्पर्धाको दौरानमा एउटाले अर्कोलाई आरोप प्रत्यारोप गरेको देखिन्छ, यो कत्तिको स्वभाविक हो ?

मेरो त कुनै आरोप प्रत्यारोप नै छैन् । नारापणकाजीजी मेरो अत्यन्त राम्रो मित्र हुनुहुन्छ तर उहाँको कार्यक्षेत्र गोरखा कहिल्यै पनि परेन् । विद्यार्थीकालमा पढेपछि ३० को दशकदेखि नै उहाँ काठमाडौँतिर बस्नुभो । उहाँको परिवार पनि व्यापारिक पृष्ठभूमिबाट आएको परिवार त्यसले गर्दा खासै उहाँको सम्बन्ध रहेन ।

जनयुद्धकालको अत्यन्त तुफानी वर्षहरू थिए, त्यतिवेला पनी उहाँ त्यसमा सहभागी हुनुभएन् र त्यो आन्दोलनको अनुभुती जुन हुन्छ उहाँले त्यो अनुभूत गर्न पाउनुभएन् । ०६५ पछि मात्रै माओवादी आन्दोलनमा जोडिनुभएको हुनाले उहाँको गोर्खासँग त्यति धेरै भावनात्मक साइनो र सम्बन्ध पनि छैन । त्यो कारणले गर्दा स्वतः नै जनताले मलाई छान्ने स्पष्ट भएको म देख्छु  । फेरि पनि उहाँ असल मित्र हुनुहुन्छ, यहाँ उठेर उहाँले हार्ने स्थिति नभइदिएको भए राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ ।

(हाँस्दै..) अब एकजनाले त हार्नैपर्छ, उहाँले हार्ने स्थिति चाहिँ मेरो निम्ति पनि त्यति प्रिय हैन तर विकल्प पनि अहिले छैन । राजनीति भनेको प्रतिस्पर्धा हो, त्यसलाई स्वीकार्नुपर्छ ।

तपाईं १० वर्षसम्म जनयुद्ध लडेर आउनुभो । अहिले चाहिँ काङ्ग्रेससँग मिलेर चुनाव लड्नुभको छ । तपाईंले आफ्ना सभाहरूमा भाषणा गर्दा जनयुद्ध पुरानो कुरा भइसक्यो भन्नुभाथ्यो । हिजो युद्धका विभीषिका, शहिद वेपत्ता परिवा अङ्गभङ्ग भएका परिवाहरू, अझै शरीरमा छर्रा बोकेर हिँड्न बाध्य उहाँ तपाईंकै कार्यकर्ताहरूलाई चटक्कै बिर्सन मिल्छ र ?

त्यो कसरी बिर्सेको छ भन्नुस त ? त्यो त सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत त्यसलाई हामी हल गर्दै छौँ । मैले नै प्रधानमन्त्री भएको अन्तिम दिनमा विद्येयक जारी गरेर मात्रै खिलराज रेग्मीलाई सत्ता हस्तान्तरण गरेको थिएँ । त्यो प्रति मेरो प्रतिवद्धता संवेदनशिलता हुँदैन थियो भने अन्तिम शर्त राखेर मैले त्यसो गर्दैन थिएँ, त्यसमा मेरो पुरै प्रतिवद्धता छ ।

मसँग अहिले सहिद शुरेस वाग्लेका पुत्रसँगै हुनुहुन्छ, उहाँहरूले जुन ढङगले भावना व्यक्त गरिराख्नु भएको छ अब पुराना कुराहरूलाई विर्सेर नयाँ ढङ्गले अगाडि जानुपर्छ । राष्ट्रिय मेलमिलाप गर्नुपर्छ भन्ने नै सत्यनिरूपण तथा मेलमिलाप आयोगको स्पिरिट पनि हो । त्यसले नै सबै समाधान गर्छ अहिले हिजोका द्वन्द्वका घाउहरू दुवै पक्षमा जो छन्, त्यसलाई मेटाएर हामी अगाडि जाँदै छौं, त्यसैले यसलाई चाहिँ हामीले बिर्सियो भनेर भन्नु बेठीक छ । किनकि प्रजापरिषद्का सहिद भन्दैनौँ नि हामी गङ्गालालाई देशको सहिद भन्छौँ, त्यसैले शुरेस वाग्ले लगायतका सवै उहाँहरू साझा सहिद हो ।

हिजो लाल सलाम भनिरहेको बानी अहिले जय नेपालभन्दा कस्तो फिलिङ हुन्छ ?  
हैन, मत सबै भन्छु । लालसलाम, अभिवादन, जयनेपाल, नमस्कार सबै भन्छु ।

पालुङटारको सभामा एमाले अध्यक्ष केपीले तपाईंलाई ‘बबुरो’ भन्नुभो, ‘कर्कलो हो बन्चरो लगाउनु पर्दैन’ भन्नुभाछ, यसलाई कसरी लिुनभएको छ, उहाँतपाईंको प्रतिक्रिया के छ ?
मेरो कुनै प्रतिक्रिया छैन, हामी राजनीतिक नेताहरूले एउटा स्तर कायम गर्नुपर्छ । वैचारिक राजनीति कुरा गर्नुपर्छ । एकअर्कालाई होच्याउने खालको कामहरू गर्दा एकछिन् त तुष्टि हुन्छ त्यसलाई जनताले राम्रोसँग ग्रहण पनि गर्दैनन् । त्यो यथार्थ पनि हैन, उहाँले कर्कलोलाई बन्चरो चलाउनु पर्दैन भन्नुभयो, त्यस्तो थियो भने उहाँहरू बरिष्ठ नेताहरू किन आफैं ? त्यसको अर्थ, बञ्चरो भन्दापनी तल छु भन्ने अर्थ लाग्छ । त्यस अर्थमा त्यो त्यति शोभनिय भएन् ।

माओवादी अध्यक्ष प्रचण्डले तपाईंलाई गोरखामा भोट माग्ने नैतिक अधिकार छैन, हिजोका उपलब्धि रक्षा गर्नुको साटो भागेर हिँड्नुभयो, कुन नैतिकताका आधारमा भोट माग्दै हुनुहुन्छ भनेर प्रश्न उठाउनुभएको थियो नि ?
त्यो उहाँको हार्ने मानसिकताको अभिव्यक्ति मात्रै हो । गोरखामा बाबुरामले जित्दैछ भन्ने भित्री रिपोर्ट छ र उहाँको आफ्नै अनुभूति छ । त्यसबाट अत्तालिएको हुनाले उहाँले अन्तिम अस्त्र प्रयोग गर्न खोज्नुभो, तर उहाँले त्यो भनिराख्नु जरुरत थिएन् । किनकि म त माओवादी जनयुद्धको प्रमुख नेतृत्वमा रहेको व्यक्ति हुँ । त्यसलाई शान्तिपूर्ण रूपान्तरण गरेर आएको व्यक्ति भन्ने सबैलाई थाहा छ । अब वृहत शान्ति सम्झौता हुँदै संविधान निर्माणपछि हामी अर्को प्रक्रियामा प्रवेश गरिसक्यौँ । त्यो उपलब्धिलाई जोगाएर अगाडि जानु विल्कुल आवश्यक कुरा हो, अब विकास र समृद्धि नभइकन यो आर्थिक, राजनीतिक अधिकार जोगाउन हामीलाई गाह्रो हुन्छ । त्यसैले अबको चरणमा हिजो हामीले लोकतान्त्रीकरणको प्रक्रियाको एउटा तलो निर्माण गर्यौं । अब आर्थिक विकास र समृद्धिको दोस्रो तलो थप्नु छ, अनि त्यो तलोमा टेकेर मात्रै समाजवादको तेस्रो तलोमा हामी पुग्छौं । त्यो सोचअन्तर्गत हामी अगाडि बढेका छौं । त्यसलाई उहाँले पनि छिटो बुझ्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

जहाँसम्म नेपाली काङ्ग्रेससँग सहकार्य गरेको कुरालाई उहाँले अन्यथा भन्नुभएछ । त्यो पनी शोभनीय भएन् । उहाँ आफैंले स्थानीय निर्वाचनमा कोसँग सहकार्य गर्नुभयो, आफन्तहरूलाई कसरी जिताउनुभयो भन्ने सबैले बुझिराखेकै छ ।

(हाँस्दै..) फेरि अहिले सरकारमा  पनि मन्त्रीमण्डलमा मन्त्री पद नहुँदा पनि विनाविभागीय भनेर भत्ता खाइराख्नुभएको छ, उहाँले त्यसरी भन्नु शोभनीय हुँदैन । मुख्य नेताहरूले आफ्नो स्तर कायम गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।

तपाईं हुनुहुन्छ, तपाईंको सङ्गठन कमजोर भएको कुरा ग्राउन्ड रियालिटी हो । हिजो प्रधानमन्त्री, अर्थमन्त्री हुँदा यो–यो गरेको थिएँ भन्दै भोट माग्नेबाहेक अहिले तपाईंसँग जितको आधार चाहिँ के छ ?
कुनै पनि नयाँ कुरा गर्दा सुरुमा बिरुवा त सानै हुन्छ नि ।  असल बिरुवा रोपियो भने हुर्किन्छ र फल लाग्छ । हिजो माओवादी पार्टी पनि हामीले बनाएको हो नि, ०४८ सालभन्दा अगाडि माओवादी पार्टी भन्ने त थिएन, हामीले बनायौँ, त्यसले एउटा काम गर्यो । अब नयाँ सन्दर्भमा त्यसलाई शान्तिपूर्ण ढङ्गले रूपान्तरित गरेर विकास निर्माण र समाजको अग्रगमनको बाहक शक्तिका रूपमा लैजान नयाँ शक्तिमा रूपान्तरण गर्नुपर्छ भन्ने मेरो पहिलेदेखिकै भनाइ हो । त्यसकारणले यो नयाँ शक्ति भनेकै माओवादी अन्दोनलकै नयाँ परिस्थितिमा रूपान्तरित रूप हो । भोलि प्रचण्डजीहरूले पनि त्यही ग्रहण गर्नुहुन्छ, मैले बुझेको छु । अब छिट्टै उहाँले पनि माओवादी ट्याग छोड्नुहन्छ, अन्तत उहाँ आउने मेरै बाटोमा हो ।

तीन प्रतिशतको थ्रेसहोल्डका चुनौतीलाई झेल्न सक्नुहुन्छ ?
हैन, त्यो त हामी राष्ट्रिय पार्टी त स्वतः बन्छौँ भन्ने मलाई लाग्छ । किनकि अहिले नै हामी पार्टी बनेको भर्खर एक वर्ष मात्रै भएको छ । सङ्गठन विस्तार गर्न अलिक समय लाग्छ । अब फेरि चुनाव आजकल राजनीतिक वैचारिकभन्दा पनि अन्य व्यावहारिक र प्राविधिक कुरातर्फ बढी जोडिँदै गएको छ । त्यसले गर्दाखेरी तत्काल त्यति अनुकूल नहोला तैपनि हामी अहिले राष्ट्रिय पार्टी बन्ने हाम्रो लक्ष्य छ । हामी राष्ट्रिय पार्टी बन्छौँ । त्यसपछि आउने दुई तीन वर्ष चाहिँ विकास समृद्धि सुशासन र समावेशिताको मुद्दालाई ठीक ढङ्गले उठाएर आफूलाई विकास गर्दै अर्को पटक वैकल्पिक शक्ति बन्छौँ भन्ने मलाई विश्वास छ । – राजेश भण्डारी

+ posts

सम्वन्धित समाचार

पिलो निचोरिएर हाइसञ्चो भयो भन्नेले सदनमा नारा लगाउने ? : माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा...

एक मुक्काले ढले मेयरसाब

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो...

ताजा समाचार

पिलो निचोरिएर हाइसञ्चो भयो भन्नेले सदनमा नारा लगाउने ? : माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा...

एक मुक्काले ढले मेयरसाब

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो...

बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा मिल्यो मन्त्रालयको भाग

काठमाडौं । बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर...

रकमकै लागि निजी विद्यालय खुलाउने होड, बच्चाको स्वास्थ्य जिम्मेवारी कसको ?

काठमाडौं । विद्यालय खोल्न विद्यालयहरु तम्सिरहेका छन् । तर, अभिभावकहरु भने विद्यालय खोल्न हतारिएको देखिएको छैन । विद्यालयहरु शुल्कको लागि हतारिएको अनुमान...

एक हप्तामा सरकारमा जाने, तर आसेपासेलाई नलाने माधव नेपालको उद्घोष

पोखरा । आफ्नै पार्टी नेकपा एमालेमा असन्तुष्टि जनाउँदै विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेका माधवकुमार नेपालले पोखरा पुगेर सरकारमा सामेल...