ओली देश चलाउने ड्राइभर

बुटबल– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू देश चलाउने  ड्राइभर भएको बताएका छन् ।  आज बुटवलमा  भएको चुवानी सभालाई सम्बोधन गर्दै ओलीले  आफूले कुनै विश्व विद्यालयबाट उपाधि  नपाएको भए पनि देशको माटो  सुहाउदो  काम गर्ने सक्ने डाईभर भने भएको बताए । 

पूर्व अर्थमन्त्री  विष्णु पौडेलको उदाहरण दिँदै उनले भने, ‘पौडेलजी कुनै अर्थशास्त्र बिषयको क्यापसमा पढाउने  र पुरै अर्थशास्त्रको ज्ञाता होइन । तर उहाँले देशको सिक्स लेन सडक तथा  विद्युत बनाउन सक्ने क्षमतको नेता हो ।’  पौडेलजस्तै आफू पनि  ठुलो अर्थशास्त्री नभएको तर नेपालको माटो सुहाउदो व्यवस्थापन गर्न सक्ने सफल डाईभर भएको उनको भनाई छ ।
देश चलाउनको लागि  आफूसँग पर्याप्त  सिप भएको ओलीको दाबी छ ।

काँग्रेसप्रति आक्रामक बनेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा ४६ को आन्दोलनमा लण्डनमा लुकेर बसेको आरोप समेत लगाए ।

उनले भने , ‘४६ सालको आन्दोलनमा  म बुटवलमा थिएँ, शेरबहादुरजी कहाँ हुनुहुन्थ्यो  तपाईहरु थाहा  छैन होला । म भन्छु उहाँ लण्डनको गल्मीमा हुनुहुन्थ्यो  ।’ वामगठबन्धनको उक्त सभामा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने सहभागि भएनन् । उनको सट्टा  महासचिव रामबहादुर थापा बादल सहभागि भए ।
सो  सभामा  थापाले अब वामपन्थीको सरकारले समाजबाद ल्याउन दाबी गरे ।

कपिलवस्तु–यसैबीच  ओलीले एमालेको विकासको नीति देखेर कांग्रेस आत्तिएको बताएका छन् । कपिलवस्तुको जितपुरमा बुधबार आयोजित बाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आधुनिक स्मार्ट सिटीहरुको निर्माण गर्ने,गरिब जनतालाई आवास बनाएर बितरण गर्ने,पुर्व पश्चिम रेल चलाउने लगाएतका काम गर्न बजेट छुट्टाएर काम गर्न थालेपछि कांग्रेसले अताल्लिएर सरकार नै ढालेको आरोप लगाएका हुन् ।

संक्षिप्त सम्बोधनका क्रममा ओलीले भने ‘हाम्रो नेतृत्वको सरकारले चीनतिर जाने बाटो खोल्यो, नेपालका सामाग्री चीन जान सक्ने भए, कसैले नाकाबन्दी लगाउन नसक्ने भए नेपालीको चुलो कसैले बल्न नदिने अबस्था रहेन, त्यसैले कांग्रेस आत्तिएर सरकार ढाल्नतर्फ लाग्यो ।’

अध्यक्ष ओलीले अब कोहि नआत्तिने गरी स्थायी सरकार बनाएर देशको बिकास गर्न गठबन्धन बनाइएको दावी पनि गरे ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...