गगनको विज्ञप्ति आउने धुर्मुसको किन नआउने ?

काठमाडौं, मंसिर । व्यवसायिक कृषि तथा व्यापार आयोजना किसानका लागि भन्दा पनि नाम चलाएर कृषि व्यवसाय गरे जस्तो गर्नेहरुको लागि हो कुरा आयोजनामा परियोजना पार्ने व्यक्तिहरुबाट नै प्रष्ट भएको छ । अहिले गगन थापाको चर्चा चलिरहँदा उनका पक्षमा प्याक्टले हजारौ सरकारी रकम खर्चेर रकम नलिएको पुष्टि गर्न खोजिरहेको छ । सञ्चार माध्यममा समाचार आएकै कारण सरकारी निकायले व्यक्तिका लागि सरकारी रकम खर्चेर विज्ञप्ति निकाल्न मिल्छ । आयोजना प्रमुख गोविन्दप्रसाद शर्माले विज्ञप्तिको रकम आयोजनाबाट नै भुक्तानी गर्न पाउँछन् ? यदि उनले गगनका पक्षमा निकालिएको विज्ञप्तिको भुक्तानी प्याक्ट आयोजनाबाट गरे भने त्यो अख्तियारी दुरुपयोग गरिएको हुने छ ।
यसै प्रसंगमा अहिले गगनसँगै अनुदान लिन प्रस्ताव स्वीकृत गरेर काम नगर्ने व्यक्ति हाँस्य कलाकार सीताराम कट्टेल पनि हुन् । सीताराम कट्टेलले पनि प्याक्ट आयोजनाबाट रकम लिएर बंगुर पालन गर्ने भन्दै लाखौं रुपैयाँ लिएका छन् तर उनले प्याक्टबाट रकम लिईसकेपछि बंगुर पालन पाल्न छाडेका छन् । धुर्मुसले प्याक्टबाट लिएको रकम दुरुपयोग भएको छ । यदि दुरुपयोग भएको छैन भन्ने हो भने प्याक्ट आयोजनाले धुर्मुस अर्थात सिताराम कट्टेलको बंगुर फार्म कहाँ छ खोज्नु पर्दछ । नत्र व्यवसायिक कृषि तथा व्यापार आयोजनाका आयोजना निर्देशक गोविन्द शर्माले फेरि अर्को विज्ञप्ति निकाल्नु पर्ने देखिन्छ । गगनको विज्ञप्ति आउने धुर्मुसको किन नआउने ?

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...