प्रदेशको अस्थायी राजधानी विरुद्ध माओावादी नेता विरोध वक्तव्य

काठमाडौँ, ३ माघ । केही दिन अगाडि मात्र उपप्रधान एवं विभागविभागिय मन्त्रीबाट राजीनामा दिएका प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर महराले प्रदेशका अस्थायी राजधानी तोक्ने निर्णयका विरुद्ध रोष व्यक्त गरेका छन् । उनले सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाए ।
उनले आजै प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमका सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलितरुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको उल्लेख समेत गरेका छन् ।
नेता महराले प्रशासन पुनःसंरचना आयोगको सिफारिश, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको आरोप लगाएका छन् ।
महराले प्रदेश नं ५ को राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुुलित हुनुपर्दछ भनि त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको म दृढतापूर्वक समर्थन गर्छु भन्दै सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध समेत गरेका छन् ।

ताजा अपडेट