को को जाँदैछन् कृषिको अनुदान रकममा हनिमुन मनाउन अष्ट्रेलिया ?

0
555

काठमाडौं, माघ । कृषि विकास मन्त्रालय मातहतमा रहेको अधिकांश आयोजना विश्व वैकको ऋण अनुदानमा सञ्चालित छन् । ती सवै आयोजनाहरु किसानको विकास र कृषि उत्पादकत्व बृद्धि गर्ने उदेश्यमा नै केन्द्रित रहेको पनि देखिन्छ । तर कृषि विकास मन्त्रालयले विगत आधा दशकको अवधिमा सञ्चालन गरेका यस्ता आयोजनाहरुले न त नेपाली कृषि क्षेत्रमा विकास गर्न सकेको छ । न त किसानहरु नै लाभान्वित भएका छन् । यद्यपी विश्व वैक जस्ता सहयोगी संस्थाहरुले पनि आफ्नो जागिर पकाउने काम भन्दा बाहेक केही पनि गर्न सकेका भन्दा फरक नपर्ला ?
विगतका वर्षमा जस्तै चालु आर्थिक वर्षमा पनि कृषि विकास मन्त्रालयले तालिम तथा अवलोकन भ्रमणमा नाममा बजेट छुट्याएको छ । अर्थ मन्त्रालय र छाप हान्ने कार्यालयका रुपमा चिनिएको राष्ट्रिय योजना आयोगका उच्च कर्मचारीहरुको समेत विदेश भ्रमण गर्ने मोह र आर्थिक अदुरदर्शिताका कारण करोडौं रुपैयाँ विदेश भ्रमणमा नै स्वाहा भएको छ ।
विशेष गरी किसानका नाममा आएको करोडौं रुपैयाँ कृषि विकास मन्त्रालयका उच्च कर्मचारी दम्पत्ती बोकेर विदेश भ्रमणमा नै स्वाहा हुने गरेको छ । कृषि विकास मन्त्रालय मातहतमा रहेको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले पनि आफ्नो भ्रमणलाई अष्ट्रेलियातिर नै पु¥याएको देखिन्छ । तर सो आयोजनाको भ्रमणले न त किसानलाई फाइदा देखिन्छ नत कृषि विकास मन्त्रालयलाई नै । विश्व वैक जस्ता विदेशी दातृनिकायहरु नेपालमा कृषि विकासमा लगानी गरें भनेर फुरुङ्ग परिरहेका छन् ।
विश्व वैकको अनुदानमा सञ्चालित जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाबाट किसानका नाममा आएको रकमले विदेश भ्रमण गर्नका लागि कृषि मन्त्री रामकृष्ण यादव मनोनय गरी पठाएका कृषि विकास मन्त्रालयका उच्च अधिकारीका भाग्यमानी श्रीमतीहरु समेत परेका छन् । कृषि मन्त्रीका यादवको नजरमा परेका भाग्यमानी कृषि मन्त्रालयका कर्मचारीहरुको नेतृत्व वैदेशिक समन्वय महाशाखाका सहसचिव लेखनाथ आचार्यको नेतृत्वमा नौ जनाको दम्पती सहितको टोलीलाई कृषि विकास मन्त्रालयले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागलाई पत्र लेखि पठाएको छ । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा पठाएको पत्र अनुसार श्रीमती सहित अष्टे«लिया भ्रमणमा जानेहरुमा सहसचिव लेखनाथ आचार्य तथा श्रीमती मञ्जुकुमारी पौडेल आचार्य, कृषि विकास मन्त्रालयका कानून शाखाका उपसचिव खिमानन्द भूसाल तथा श्रीमती कमला भण्डारी, जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका आयोजना निर्देशक शिवनन्दन प्रसाद शाह तथा श्रीमती आशाकुमारी शाह, सोही आयोजनाका लेखा अधिकृत टिकाराम रिजालका तथा श्रीमती लक्ष्मी पोख्रेल, सोही परियोजनाका शाखा अधिकृत गौरी अधिकारी तथा श्रीमान शिवहरि अधिकारी समेत आगामी फागुन ७ गते अष्टे«लिया उड्न लागेका छन् ।
विश्व वैकका अधिकारीहरुले के यस्तै अनुत्पादन कार्यका खर्च गर्न अनुदान उपलब्ध गराएको हो । कि विश्व वैक नेपालस्थित कार्यालयमा कार्यरत कर्मचारीहरु पनि आर्थिक लेनदेनमा ने रमाएका छन् ?
अनि कृषि सचिव डा. सुरोज पोख्रेललाई प्रश्न ? के यही हो किसानका लागि र मुलुकको कृषि उत्पादकत्व बढाउन कृषि सचिवको हैसियतले गर्नु भएको हर्कत यही हो ?
कृषि मन्त्री रामकृष्ण यादवले मन्त्री पद छाडेर जाँदा जाँदै किसानका लागि आएको अनुदान रकममा कृषि विकास मन्त्रालयका आयोजनामा कार्यरत कर्मचारीकाका श्रीमान् श्रीमतीलाई विदेशमा हनिमुन गर्न पठाउन लागेका छन् धन्य छ रामचन्द्र पौडेलले पठाएका कृषिदूत रामकृष्ण यादवलाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here