दाङमा आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा विस्तार

दाङ– आइएमई जनरल इन्स्योरेन्सले नयाँ शाखा विस्तार गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबार सो शाखाको उद्घाटन गरेका हुन् ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै ग्राहकहरुलाई सर्वसुलभ ढंगले बीमा सेवा प्रदान गर्न शुभकामना दिए ।  

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरिनै शाखा सञ्जाल विस्तार गर्दै सरल,छिटो र विश्वसनीय ढंगले सेवा प्रदना गर्ने प्रतिबद्धता जनाए । कम्पनीको आज विस्तार गरिएको शाखासहित अब २७ शाखा भएका छन् भने ४ वटा उपशाखा र १० वटा सेवा काउन्टर भएका छन्  ।

कार्यक्रममा कम्पनीका  महाप्रबन्धक शरण रेग्मीले प्रधान कार्यालय नक्सालबाट ३ सय ६५ दिननै वीमा सवा प्रदान गरिरहेको जानकारी दिए । उनले आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्म ३२११५५ वीम लेखबाट करिब ४३ करोड बीमा शुल्क आर्जन गरी ४ करोड ८२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए । सो कार्यक्रममा घोराही उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, तुल्सीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।