‘अख्तियार हेर्ने मुख्य मान्छे पनि प्रधानमन्त्री नै’

काठमाडौं , फागुन  ।गठबन्धन सरकारको सुरुवात भएपछि प्रधानमन्त्री कार्यालय धेरै नै कमजोर र निरीह थियो । यो संसदीय प्रणाली भनेको प्रधानमन्त्रीय पद्दति हो । प्रधानमन्त्री प्रभावकारी भन्नुको अर्थ आफ्ना उद्देश्य र लक्ष्यहरु निर्धारण गरेपछि त्यसमा हिँडाउन सक्ने प्रधानमन्त्री चाहिएको हो । व्यक्ति होइन, प्रधानमन्त्री संस्था बलियो हुनुपर्छ ।

कतिपय मन्त्रालयमा कार्यकारी र अनुगमन गर्ने दुबै अधिकार एकै ठाउँमा छन् । यस्तो बेलामा प्रधानमन्त्रीले अन्तरमन्त्रालय समन्वय गर्ने र नेतृत्व दिने क्षमता राख्नुपर्छ । यसका लागि छुट्टै मन्त्री राख्ने कि भन्ने बहस पनि भइरहेको छ ।

 

राजस्व संकलन गर्ने अन्तरिक राजस्व विभाग र राजस्वमा कहाँ–कहाँ गडबढी भयो भनेर अनुगमन गर्ने राजस्व अनुसन्धान दुबै अर्थ मन्त्रालयकै मातहतमा थिए । त्यसलाई बाहिर ल्याउनु र राम्रोसँग हेर्नु आवश्यक थियो ।

सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु राम्रो हो ।

र, राष्ट्रिय अनुसन्धान विभागलाई पनि प्रधानमन्त्री कार्यालय ल्याइएको छ । वास्तवमा इन्टिलिजेञ्स सरकार प्रमुखलाई चाहिएको हो । त्यसैगरी थिंक ट्यांकहरु बनाउनु राम्रो हो ।

अब अरु थुप्रै विभागहरुलाई पनि प्रधानमन्त्री मातहत ल्याउनु आवश्यक छ । ती इन्स्टिच्युसनहरुलाई आफैं काम गर्न सक्ने बनायो भने काम हुन्छ । कुनै मन्त्रीको दबावमा पनि नरहने र प्रधानमन्त्रीले स्वतन्त्रतापूर्वक काम गर्न पाए भने अरु ठाउँमा राम्रो चेक गर्न सक्छ । यसले प्रधानमन्त्री कार्यालय बलियो र प्रभावकारी पनि हुन्छ र डेलिभरी पनि दिन्छ ।

प्रधानमन्त्री नै अख्तियारको नेता

भ्रष्टाचार नियन्त्रण गर्ने नेता अख्तियार होइन, प्रधानमन्त्री हो । अख्तियारको साँचो अर्थमा दुरुपयोग भएको छ कि छैन हेर्ने मुख्य मान्छे प्रधानमन्त्री नै हो

हामी अख्तियार, अख्तियार भन्छौं । साँचो अर्थमा अख्तियार दुरुपयोग भयो, भएन हेर्ने को हो ? प्रधानमन्त्री हो । प्रधानमन्त्रीले हेर्दाहेर्दै नसकेका, भएका कुरा अख्तियारले हेर्ने हो । यसमा प्रधानमन्त्रीलाई सूचना कहाँबाट आउँछ ? अनुसन्धान विभागबाट ।

वास्तवमा भन्ने हो भने नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने नेता अख्तियार होइन, प्रधानमन्त्री हो, कार्यकारी प्रमुख हो । प्रधानमन्त्रीले कार्यकारी काम पनि गर्छ, काम पनि अगाडि बढाउँछ र गलत गरेको छ भने त्यसलाई कारबाही पनि गर्छ । अख्तियारको साँचो अर्थमा दुरुपयोग भएको छ कि छैन हेर्ने मुख्य मान्छे प्रधानमन्त्री नै हो ।

प्रधानमन्त्रीलाई शक्तिशाली बनाउनुको अर्थ

होला, आफ्नो मन्त्रालय तथा विभागमा हेडहरु होलान्, तर, कार्यकारी प्रमुखका हिसाबले प्रधानमन्त्री नै हो । यसलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री कार्यालय बलियो हुनुपर्छ । अधिकारहरु आफू मातहत ल्याएर प्रधानमन्त्रीले अधिकारको अत्यधिक दुरुपयोग गर्न खोजे भन्ने पनि सुनिन्छ । यस्तो सम्भावना त जहिले पनि रहन्छ । तर, प्रधानमन्त्रीको नियत कस्तो छ भन्ने हेर्नुपर्छ

प्रधानमन्त्री कार्यालयले सरुवा–बढुवा गर्ने, मान्छे ल्याउने भन्ने होइन, उसका मातहतका इन्स्टिच्युसनहरुले कसैको दबाव र प्रभावमा नपरी स्वतन्त्रतापूर्वक काम गरे भने त्यसले दिने रिजल्ट नै प्रधानमन्त्रीको रिजल्ट हो, देशको रिजल्ट हो । यस हिसावले इन्स्टिच्युसनहरु प्रधानमन्त्री मातहतमा ल्याउनु जाजय छ । अधिकारहरु आफू मातहत ल्याएर प्रधानमन्त्रीले अधिकारको अत्यधिक दुरुपयोग गर्न खोजे भन्ने पनि सुनिन्छ । यस्तो सम्भावना त जहिले पनि रहन्छ । तर, प्रधानमन्त्रीको नियत कस्तो छ भन्ने हेर्नुपर्छ । मलाई विश्वास छ, प्रधानमन्त्रीको नियत सफा छ । उहाँले कामलाई राम्रो हिसावबाट अगाडि लैजान खोजिराख्नु भएको छ ।

अहिले प्रधानमन्त्री व्यक्तिलाई हेरेर गर्ने विश्लेषण एउटा हो । तर, प्रधानमन्त्रीय पद्दति कसरी सुदृढ गर्ने महत्वपूर्ण प्रश्न हो । यसमा यी व्यवस्थाहरु जो आउँदा पनि हुनुपर्छ । यत्ति हो कि प्रधानमन्त्रीको सिधा हस्तक्षेप भएका विभाग होइनन् तिनीहरु ।

यहाँ तीनवटा कुरामा ध्यान दिनुपर्छः लक्ष्य निर्धारण गरेर त्यसलाई सफल बनाउने, कानुन र व्यवस्थाअनुसार चल्ने र स्वतन्त्र एवं राम्रो मानिस ल्याउने । कसैको पनि दबाव र प्रभावमा नपरी स्वतन्त्रतापूर्वक काम गर्न दिन प्रधानमन्त्री अभिभावक हुने हो । प्रधानमन्त्रीको मातहत भनेर सचिव सरुवा गर्ने, यो निर्णय लेख्ने भन्ने होइन ।

ती इन्स्टिच्युसनहरु प्रधानमन्त्रीसँग जोडिएका हुन्छन् । तर, आफ्ना गतिविधिहरु स्वतन्त्रतापूर्वक गर्छन् । अरुले रोक्न खोज्दा पनि प्रधानमन्त्रीले छेक्छन् र आफूले पनि दख्खल गर्दैनन् । प्रधानमन्त्रीले अभिभावकीय भूमिका खेल्नुपर्छ ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...