नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

खोटाङ, ११ असार । अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री आइतबार पक्राउ परेका हुन् । २०६३ सालमा बनेको क्षत्रीको ९१९६ नम्बर उल्लेख भएको नागरिकता अर्कै व्यक्तिको नाममा रहेको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताउनुभयो ।
पक्राउ परेका क्षेत्रीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । क्षेत्रीले जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको र नागरिकता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर नै नभएको नागरिकताको फोटोकपी पेश गरेर प्रतिलिपि लिन खोजेको पाइएको छ ।
साविकको ज्यामिरे गाविस–९ ठेगाना भएको नागरिकताको फोटोकपीमा क्षेत्रीको जन्म मिति २०४२ साल असोज २३ गते तथा बाबुको नाम रामप्रसाद क्षेत्री उल्लेख रहेको प्रशासनले जनाएको छ ।

+ posts

सम्वन्धित समाचार

ओलीले यता न उता मुलाबारी भित्ता पुर्याए नि कमरेड ! भन्दै यी नेता गए माधव कमरेडको शरणमा

काठमाडौं । नेकपा एमालेका तेस्रो धार भनिएका नेताहरु अध्यक्ष ओलीको पेलानमा परेपछि माधव नेपालसँग क्षमायाचना गर्न थालेका छन् ।

दशैं नलागी कौडा खेल्दा प्रहरीले मार्यो कौडा खालमा छापा

झापा । दशैं लागिसकेको छैन । अझै त पितृपक्ष नै छ । तर, जुवा खेल्ने काैडेबाझहरूलाई के दशैं के तिहार ? वश समय...

ताजा समाचार

६० वर्षीय वृद्धले हजार रुपैयाँको लोभ देखाई १२ वर्षीया बालिकालाई करणी

जनकपुरधाम । ६० वर्षीय वृद्धावस्थामा मान्छे जीवन र मरणको दोसाँधमा पुगिसकेको हुन्छ तर, कोहीकोहीचाँहि अचाक्ली छिल्लिएका पनि हुन्छन् । यस्तै भयो धनुषामा...

सुनको भाउलाई दशैं लाग्यो

काठमाडौं । सुनको भाउलाई दशैं लागेको छ । सुनको मूल्य बुधबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य...

धर्मान्ध तालिबानले अफगानका छात्रालाई विद्यालय पठाउने !

काठमाडौं । अफगानिस्तानका छात्रालाई जतिसक्दो चाँडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ । तालिबानले आफूहरूलाई विद्यालय नबोलाइएको भन्दै...