भ्रस्टाचारी मौलाउँदा सवारी चलाउन नजान्नेलाई पनि लाईसेन्स

वीरगंज,१२ असार । यातायात व्यवस्था कार्यालय वीरगंजले लाइसेन्स वितरणको नाममा माल कमाउँने धन्धा शुरु गरेको सेवाग्राहीले आरोप लगाएको छ । पछिल्लो पटक लिइएको लिखित परिक्षामा पास गरिएकोहरुलाई लाईसेन्स वितरण गर्न दलालहरु मार्र्फत कार्यालयका हाकिमहरुले मोटो रकम माग गरि रहेको लाईसेन्सको ट्रायलमा सहभागी सवारी चालकहरुले वताएका छन् ।
ट्रायल परिक्षामा पास हुने नहुने सवैलाई कार्यालयले लाईसेन्स वितरण गर्नका लागि दलाल मार्फत मोटो रकम माग गरेको स्रोतको दावी छ । मंगलवार लिइएको ट्रालय परिक्षामा लगभग ७० प्रतिशतको हराहारीमा चालकहरु फेल भएकोमा पैसाको भरमा अधिकांशलाई यातायातका कर्मचारीहरुले हरियो झण्डा देखाएका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार मोटर साईल स्टार्ट समेत गर्न नसक्नेहरुलाई पनि ट्रायल परिक्षामा हरियो झण्डा देखाइएको छ । पहिला नै सेट्रिङ्ग गरिएको अधारमा लाईसेन्स वितरण भई रहेको एक जना ट्रायलमा सहभागी मोटर साईकल चालकले वताए । हाल यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत कर्मचारीहरु मध्ये अधिकाशं माथी अखतियारको मुदा रहेको र वाकी कर्मचारीहरुको नाममा सरुवा नोटिस आई सकेका कारण कार्यालयका कर्मचारीहरु सक्दो माटो रकम कमाउँनका लागि सवै हद पार गरेको स्रोतले दावी गरेको छ ।
मंगलवार लिइएको ट्रायल परिक्षामा सहभागी कार्यालयका कर्मचारीहरुले धमाधाम फेलका चालकहरुलाई पनि पास गराएको प्रत्यक्षदर्शीहरुले वताएका छन् । उनीहरुका अनुसार ती सवै दृश्य सिसि क्यामरामा कैद रहेको र त्यसलाई हेरिए सवै कर्मचारीहरुको काला करतुत पर्दाफस हुने छ । ट्रायल सेण्टरमा फेलपासले केहि फरक नपर्ने चालकहरु बताउँछन् । उनीहरुका अनुसार पहिला नै दलालहरु मार्फत सवारी चालकहरुको नाम र दर्ता नम्बर कार्यालयका हाकिम तथा कर्मचारीहरुको मोवाइलमा पठाइसकिएको हुन्छन अथवा डायरीमा टिपाई सकिएको हुन्छ । त्यसैको अधारमा नै फेल पास हुने हो । कर्मचारीहरुले ट्रायल सेण्टरलाई केवल नाइम पास गर्ने र अराम गर्ने थलो वताएको छ ।
विश्व स्वास्थ्य संगठन ले सन् २०१७ मा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा सवारी दुर्घटनाबाट हुने मृत्युदर दैनिक ३।०१ प्रतिशतले वृद्धि भइरहेको छ भने सन् २०१७ सम्म नेपालमा १३११६ जनाको सवारी दुर्घटनाबाट मृत्य भएको छ ।विश्व स्वास्थ्य संगठन ले नेपाललाई विश्वमा ७९औँ स्थानमा सबभन्दा बढी मृत्यु हुने राष्ट्रका रुपमा सुचिकृत गरेको छ ।