हेटौडामा मरेका कुखुरा काठमाडौंमा सस्तोमा मूल्यमा विक्री

काठमाडौ, असार । हेटौडामा मरेका कुखुरालाई काठमाडौंका मासु पसलहले विक्री गर्दै आईरहेका छन् । काठमाडौंका मांसाहारी कुखुराको मासु उपभोग गर्नेहले कस्तो मासु प्रयोग गरिरहेका छन् भन्ने कुरा अव भन्न नपर्ने भएको छ । काठमाडौैमा रहेका क्वारेण्टाईनहरुले आँखा चिम्म गरेर बस्ने गरेका कारण उपत्यका बाहिरबाट यस्ता मरेका कुखुराको मासु उपभोक्ताहरुले प्रयोग गर्नु पर्ने वाध्यता छ ।
काठमाडौँको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि उपत्यका बाहिर मरेका कुखुरा काठमाडौंमा मासुका लागि प्रयोग भईरहेको खुलेको हो । तर मरेका कुखुरालाई स्थानीयबासीहरुको रोहबारमा प्रहरीले नष्ट गरेको बताको छ ।
बा.१७ च. १२३६ नंको पिकअप भ्यानमा मरेको कुखुरा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चालक चन्द्रबहादुर अधिकारी सहचालक अनिष दोङ्ग र कुखुरा व्यापारी हिमाल बर्तौलालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले गाडीमा १७० वटा मरेको ब्वायलर कुखुराहरु फेला पारेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी बताएका छन् । उनका अनुसार पक्राउ परेका तीनै जनालाई कालो बजारी ऐनअनुसार कारबाही गरिने बताइएको छ ।
प्रहरीको अनुसन्धानले ती मरेका कुखुरा हेटौँडाबाट ल्याई चिनजानका होटलमा बिक्री वितरण गर्दै हिँडेको बुझिएको छ । मरेको कुखुराहरु तौल ३२५ किलो रहेको समेत प्रहरीले जनाएको छ ।

+ posts

सम्वन्धित समाचार

सातवर्ष रोकिएको नागेँचा प्याखँ महानगरका मेयरले पुन : सञ्चालनमा ल्याए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सदियौंदेखि सञ्चालनमा आईरहेको कुनै पनि परम्परागत जात्रा, पर्व तथा स्थानीय कलालाई कुनै हालतमा पनि रोकिन...

पिलो निचोरिएर हाइसञ्चो भयो भन्नेले सदनमा नारा लगाउने ? : माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा...

ताजा समाचार

एक मुक्काले ढले मेयरसाब

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो...

बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा मिल्यो मन्त्रालयको भाग

काठमाडौं । बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर...

रकमकै लागि निजी विद्यालय खुलाउने होड, बच्चाको स्वास्थ्य जिम्मेवारी कसको ?

काठमाडौं । विद्यालय खोल्न विद्यालयहरु तम्सिरहेका छन् । तर, अभिभावकहरु भने विद्यालय खोल्न हतारिएको देखिएको छैन । विद्यालयहरु शुल्कको लागि हतारिएको अनुमान...