हिमालयमा टेलिजिभनमा १० करोडको छलछाम

काठमाडौं, भाद्र ८ । हिमालय टेलिभिजनको विक्रीमा ठूलो घोटाला भएको आशंका लगानीकर्ताहरुले गर्न थालेका छन । एनआएनका पूर्व अध्यक्ष शेष घलेको व्याकिङमा अनलइृन खवरको समुहले चलाउने गरी विक्री प्रक्रिया पूरा भएकोम झण्डै १० करोड रुपैयाँ बराबरको घोटाला भएको हुन सक्ने आशंका मुख्य लगानीकर्ताहरुको रहेको बुझिएको छ ।
ललित अग्रवालल आफूसँग २० प्रतिशत शेयर मात्रै राखेर अनलाई खवरका धर्म भूसाल र उनका जेठान श्याम कंडेल लगायतको समूहलाई टेलिभिजन विक्री गरेका हुन् । करीव ४० करोड रुपैयाँ आसपासमा खरिद विक्री मौखिक सम्झौता भएको उक्र कारोबारमा १० करोड रुपैयाँ घोटाला भएको सूचना मुख्य लगानी कर्ताकहाँ पुगेको बताईन्छ । मध्य बानेश्वर स्थित हिमालय टेलिभिजन रहेको घर र सो घर परिसरको १९ आना जग्गा बाहेक टिभीसँग अहिलेको प्रविधि सुहाँउदो ५ प्रतिशत सामग्री पनि नरहेको बताईएको छ ।
घर र जग्गाको मूल्याँकन २० करोडमाथि नपर्ने र टिभीको ब्राण्डका लागि जतिसुकै ठूलो रकम हाले पनि ४ करोड भनदा हाल्नु नपर्ने अवस्थामा त्यत्ति ठूलो रकमको डील गरेर क कसले घोटाला गरे भन्दै नयाँ समूहले पुरै स्वामित्व नलिँदै समस्या पर्न थालेको बताइएको छ ।

ताजा अपडेट