मंसिर ५ देखि ९ गतेसम्म कांग्रेसको महासमिति बैठक

काठमाडौं,९ भाद्र । नेपाली काँग्रेसको आसन्न महासमिति बैठक मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
शनिबार बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले आसन्न महासमिति बैठक मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।
देशव्यापी रुपमा छलफल गरेर पार्टीको पुनर्संरचना गर्नुपर्ने भएकाले पार्टीको महासमिति बैठक सो मितिमा गर्ने सर्वसम्मत निर्णय लिइएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले महासमिति बैठकका लागि सभापति शेरबहादुर देउवा नेतृत्वको मूल तयारी समिति गठन गरेको छ । समितिमा केन्द्रिय सदस्य र आमन्त्रित केन्द्रिय सदस्यहरु सदस्यको रुपमा रहने निर्णय पनि गरिएको प्रवक्ता शर्माले बताए ।

बैठकले महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन बनाउन उपसभापति विमलेन्द्र निधि नेतृत्वको समिति गठन गरेको छ । त्यसैगरी सांगठनिक प्रतिवेदन पार्टीका महामन्त्री डा. शशांक कोइराला र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले महासमिति बैठकमा पेश गर्ने तय भएको छ ।

बैठकले महासमिति बैठकमा पार्टीको अर्थ नीतिसम्बन्धि धारणा तय गर्न सहमहामन्त्री डा. प्रकाशरण महत नेतृत्वको समिति गठन गरेको छ ।
समितिमा रहने सदस्यहरु पछि थप गर्ने गरी मुलुकको समग्र आर्थिक क्षेत्रको धारणा तय हुनेगरी अर्थनीति सम्बन्धि प्रतिवेदन महासमिति बैठकमा पेश गर्ने जिम्मेवारी सहमहामन्त्री महत नेतृत्वको समितिलाई दिइएको पार्टीका प्रवक्ता शर्माले बताए ।

बैठकले विधान संशोधनका लागि गठित महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिलाई अनुमोदन पनि गरेको छ । समितिले महासमिति बैठकमा पेश गर्ने विधान प्रतिवेदन तयार पार्नेछ ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...