राज्यको सम्पत्ति दोहन गर्दै किसान आयोगका पदाधिकारीहरु

काठमाडौं, कार्तिक २८ । नेपाली किसानहरुको पक्षमा वकालत गर्न आयोग गठन हुन सकेन भन्दै आयोग गठन माग गर्दै आएका थिए । विभिन्न राजनीतिक दल निकट कृषिसँग सम्वन्धित भातृसंगठनहरुले त्यही बलमा आयो किसान आयोग । तर किसानको हक अधिकारका लागि भन्दै खुलेको राष्ट्रिय किसान आयोगले किसानका लागि काम नै गर्न सकेन भन्ने आरोप लागिरहेको छ । यतिखेर किसान आयोगका पदाधिकारीहरु आफ्नो स्वार्थ अनुकूल काम गरिरहेका छन् ।
किसानका समस्या सम्वोधन गर्ने भन्दा पनि आफूले पाउने सेवा सुविधाका लागि मरिहत्ते गरेका लागि परेका छन् जसले गर्दा आयोगमा मनपरी तन्त्र मौलाउँदै गईरहेको छ । किसानका कुरा भन्दा पनि किसान आयोगका सदस्यहरुको मस्तीमा नै आयोगले बजेट सकाउँदै गईरहेको छ ।
स्थापनाकाल मै विवादमा रहेको सो आयोगमा अध्यक्ष सहित ६ सदस्य र कृषि विकास मन्त्रालयको एक सहसचिव सदस्य सचिव रहने प्रावधान बनाइएको छ । तर आयोगका पदाधिकारीहरु यतिखेरे लुट मच्याउने अभियानमा नै सक्रिय देखिएका छन् । आयोग गठन गर्दा नै राजनीतिक दललाई भागबण्डा लगाएर बनाइएको थियो । त्यसबेला तात्कालिन माओवादी निकट दुई जना नेपाली कांग्रेसका दुई जना र एक जना विज्ञ समेत गरेर पाँच जना सदस्य नियुक्ति गरिएको सदस्यहरु अहिले महिनाको लाखौ रकम खाएर किसानका काम भन्दा पनि आफ्नो स्वार्थ अनुरुप काम गर्दै हिडिरहेको छन् ।
काम न काजका सदस्यहरुलाई ६० लाख भन्दा बढी पर्ने सवारी साधन खरिद गरेर सुविधा दिईरहेको छ आयोगले । केही महिना अगाडि मात्र करोडौं खर्च गरेर आयोगले नयाँ नयाँ सवारी साधन किन्यो र आयोग सदस्यलाई सुविधा दिएको थियो ।
सवारी लिएको केही दिनमै नेपाली कांग्रेसका तर्फबाट आयोगका सदस्य बनेका भानुभक्त सिग्देल चढेको गाडी नवलपरासीमा ठूलो दूर्घटनमा प¥यो । जुन कुरा आयोगले लुकाएर राख्यो । सो गाडी मर्मतका लागि मात्र ३० लाख भन्दा बढी पर्ने अनुमान गरिएको छ ।
त्यस्तै आयोगका सदस्यहरुलाई घर भाडा स्वरुप मासिक १५ हजार र एक सय लिटर इन्धन समेत दिने गरिएको छ । किसानहरु आपूmले उत्पादन गरेको कृषि उपजको उचित मूल्य नपाएर छट्पटिएको बेला किसान आयोगका सदस्यहरु भने यतिखेर जिल्ला भ्रमणमा निस्किएका छन् । जिल्ला भ्रमण गए वापत पनि उनीहरुले दैनिक २ हजार ५ सय असुल्दै आईरहेका छन् ।