काठमाडौं जेन टी कन्र्सट सम्पन्न

काठमाडौं । कलाको भाषा हुँदैन जुनसुकै मुलुकले भाषाभाषीहरुले पनिसहज बुझ्न सक्छन् भन्ने कुराको पुष्टि काठमाडौंमा आयोजित चीनियाँ मौलिक जेन टी कन्र्सटले देखाएको छ ।
चीनियाँ इन्टरनेशनल कोअपरेशन सेण्टर, व्योम कुसुमा बुद्धघर्म संघ, काठमाडौद्धारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कन्र्सटमा चिनियाँ कलाकारहरुले विभिन्न विभिन्न १७ प्रकारका कला प्रस्तुत गरेका थिए । नेपाली कलाकारहरुले मन्जुश्री नृत्य र मारुनी नृत्य प्रस्तुत गरेपछि शुरु गरिएका चीनियाँ कन्र्सटमा आनी छोइङ डोल्माले बुद्धको महान करुण मन्त्र प्रस्तुत गरेकी थिइन् ।
तत् पश्चात चीनियाँ प्रस्तुति गरिएको थियो । जहाँ चीनियाँ भाषाका गीत कविता, गीति कथा प्रस्तुत गरिएको थियो । सो चीनियाँ कन्सर्टले चीनको चियाका बर्णन गरेको थियो अत्यन्त मनमोहक दृश्य प्रस्तुत गरी सम्पन्न गरिएको सो कार्यक्रममा चियाको अंकुरण बृद्धि, चियाको आनन्द, चियाको पत्तिको अवस्था कलाकारहरुको अभिनय शैलीले दर्शकलाई मोहित तुल्याएको थियो । चीनियाँ भाषामा सवै प्रस्तुति गरिएको भएपनि कलाकारहरुको अभिनय, गायनले दर्शकलाई कन्सर्टले आकर्षण गरिरहेको थियो । दुईघण्टा लामो सो चीनियाँ कन्र्सट विभिन्न धर्मगुरुहरु, नेपालका उच्च अधिकारीहरु समेतले रोचक ढंगले मनोरञ्चन लिएका थिए ।