अभद्र व्यवहार गरेको आरोपमा एक डाक्टर पक्राउ

0
459

धनुषा, २० पुस । विद्यार्थीहरुलाई र्‍यागिङ्ग गरी अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एकजना डाक्टरलाई पक्राउ गरेको छ ।
महोत्तरी जलेश्वर नगरपालिका(६ घर भइ हाल जानकी मेडिकल कलेज, रमदैया भवाडीमा इन्टर्नसीप गरिरहेका डा।राकेश पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
डा। पाण्डेले मादक पदार्थ सेवन गरी सोही कलेजमा एमबीबीएस प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई र्‍यागिङ्ग गरेको भन्ने उजुरी परेपछि फक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नयाँ विद्याथी निर्मलकुमार रामलाई गाली गलौज तथा कुटपिट गरी कोठाको कुर्सीसमेत भाचेको, नयाँ विद्यार्थीहरुलाई लाईब्रेरी प्रबेश गर्न नदिने, क्यान्टिनमा खाजा खान नदिने, आफ्नो अगाडिबाट हिँड्दा शीर निहुँर्‍याएर हिड्नु लगाउने, केटीहरुलाई जिस्काउने, कुटपिट गर्नेलगायत मानसिक र शारीरिक यातना हुने गरी र्‍यागिङ्ग गर्ने गरेको उजुरीमा उल्लेख छ ।
डा।पाण्डेमाथि अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाण्डेसँगै संलग्न अन्यको पनि पहिचान गरी पक्राउ गरिने प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here