विष्णुभक्त रङ्गकर्म पुरस्कार बस्नेतलाई

काठमाडौं, २१ पुस । नाटक ‘महर्षि यज्ञकल्क्य’ मा राजा जनकको भूमिकामा अभियन गर्दा गर्दै निधन हुनु भएका वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुँयालको नामबाट स्थापना गरिएको विष्णुभक्त रङ्गकर्म पुरस्कारबाट कलाकार लक्ष्मण विक्रम बस्नेत सम्मानित हुनु भएको छ ।
फुँयालको स्मृतिमा आयोजना गरिएका कार्यक्रममा बस्नेतलाई नगद १५ हजार राशी सहितको सो पुरस्कार ‘विष्णुभक्त–तारादेवी स्मृति गुठी’ले प्रदान गरेको हो ।
लामो सयमदेखि विष्णुभक्त फुँयालसँग अभिनय गर्दै आईरहनु भएका बस्नेतले विष्णुभक्त फुँयालसँग २०४७ सालदेखि कलायात्रा शुरु गर्नु भएको थियो भने विष्णुभक्तसँग अभिनय गरेको अन्तिम नाटक अमर मातृत्व थियो । साँढे तीन दशकदेखि रङ्गकर्म तथा अभियनयमा सक्रिय बस्नेतलाई अभियन क्षेत्रमा उहाँले पु¥याउनु भएको योगदानलाई कदर गर्दै पुरस्कृत गरिएको छनौट समितिको संयोजक रङ्गकर्मी तथा कुसुम नाट्य समूहका संस्थापक अध्यक्ष वैकुण्ठ भण्डारीले बताउनु भयो ।
२०७३ साल पौष १९ गते सांस्कृतिक संस्थानद्धारा आयोजित नाटक ‘महर्षि यज्ञकल्क्य’ मा अभियन गर्दा गर्दै फुयाँलको निधन भएको थियो । करीव ६ दशकभन्दा बढी समय नेपाली रङ्गक्षेत्रमा व्यति गर्नु भएका कलाकार विष्णुभक्त फुँयालले रमेश विकलको उपन्यासमा आधारित टेलिचलचित्र ‘अविरल बग्दछ इन्द्रावती’ मा गम्भीरे माझीको भूमिकामा २०५३ सालमा गर्नु भएको अभिनयले चर्चामा आउनु भएको थियो । गम्भीरे माझीको भूमिका मै चर्चा कमाईरहेका फुँयाल त्यसबाल हाँस्य टेलिचलचित्र तितो सत्यको ओ माई लभ को अभिनयले अझै चर्चित तुल्याएको थियो ।
नेपाली रङ्गक्षेत्रमा नाटक लेखन, निर्देशन, अभिनय, गीत लेखनमा समेत उत्तिकै सक्रिय फुँयाल पछिल्लो समय कुसुम नाट्य समूहका अध्यक्ष तथा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य समेत हुनुहुन्थ्यो ।
‘विष्णुभक्त–तारादेवी स्मृति गुठी’ ले तारादेवी युवा नारी प्रतिभा छात्रबृत्ति समेत प्रदान गरेको छ । सो छात्रबृत्तिबाट काभ्रेकी छात्रा कविता तामाङ्गलाई दिइएको छ ।