स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

खोज पत्रकारिता केन्द्र

काठमाडौं, माघ । जुन देशमा कृषिलाई प्राथमिकता दिइन्छ त्यो देशमा आर्थिक लगायत संपूर्ण पक्षमा उन्नति हुन्छ । कृषिमा सवलता नआइकन अरु पक्षको विकासले मात्र उन्नति संभव छैन । औद्योगिक देशहरुको सवाल अर्कै कुरा हो । जापान, रुस, बेलायत, अमेरिका, दक्षिण कोरिया, ताइवान, मलेसिया, फ्रान्स, जर्मनी, इजिप्टजस्ता मुलुकहरु उद्योगधन्दामा अग्रणी छन् । विभिन्न खालका उद्योगहरुको स्थापना, विस्तार र उन्नतिले ती देशले ठूलै फड्को मारेको छ । कल कारखाना, विद्युत्तीय सामग्री, औजार, मेशीनरी, गाडी, हवाइजहाज, पाटपूर्जा आदिको उत्पादनले आर्थिकरूपमा सम्पन्न र संवृद्ध बनेका छन् । उनीहरुले कृषिमा भर पर्नै पर्दैन । ती देशहरुको विकास चरम सीमामा पुगेको छ । उनीहरुको साख घट्दो हैन, बढ्दो छ । दोस्रो विश्व युद्धमा धराशयी भएको जापानले दुई दशकको अवधिमा चमत्कारपूर्ण काम ग¥यो । संसारलाई आफ्नो अभूतपूर्व सफलता देखाइदियो । फ्रान्स, अमेरिका को त कुरा नै नगरौं । पछिल्ला दिनहरुमा दक्षिण कोरियाले पनि औद्योगिक क्रान्ति ल्यायो । चीन, मलेशिया, ताइवान आदि देशहरुले विद्युतीय सामग्री उत्पादन गरेर अर्को चमत्कारिक काम गरेका छन् ।
सबै देशमा औद्योगिक उन्नति हुनै पर्छ भन्ने छैन । भारत, बंगालादेश, नेपाल, इन्डोनेशिया, नर्वे, पोल्याण्ड, वर्मा आदि देशहरु कृषिमा आधारित छन् । आफूलाई चाहिने परिमाण राखेर उनीहरुले अन्य देशहरुमा खाद्यान्न निर्यात गर्छन् । भारतले कृषिमा धेरै मुलुकलाई उछिनीसकेको छ । बंगाला देश पनि सवल बन्दै गएको छ । नेपालको भूभाग र यहाँको जनसंख्या हेर्ने हो भने अन्य देशको तुलनामा यसलाई कमजोर भन्न मिल्दैन । हिमाली क्षेत्रदेखि पहाड हुँदै तराइका सम्म मैदानसम्म पुग्दा प्रशस्त ठाउँहरुमा विभिन्न खालका खाद्य उत्पादन गर्न सकिने संभावनाहरु छन् । हामीकहाँ धान, मकै, कोदो, आलु, फापर, गहुँ, तोरी उत्पादन हुन्छन् । हिजोका दिनमा आफूलाई चाहिने अन्न मात्र उत्पादन गर्दै आएको देशले अहिले केही मात्रामा भए पनि विदेश निर्यात गर्न सक्ने भएको छ । कृषि उत्पादनका कुरा गर्दा खाद्यान्न बाहेक पशुपालन, माछा पालन, चिया, कफी, कुखुरा पालन, पशु पालन, वन पैदावर, तरकारी आदि थुप्रै पक्ष समेटिन्छन् ।
पशुपालनमा नेपाल अव्वल ठहरिएको छ । उन्नत गाई–भैंसी पालेर प्रशस्त मात्रामा दूधको उत्पादन गरिएको छ । सरकार मातहतको दुग्ध विकास संस्थानदेखि अन्य निजी क्षेत्रमा स्थापना भएका हजारौं दुध चिस्यान केन्द्रले काम पाइरहेका छन् । हिजोका दिनमा एक माना दुध दिने भैंसी वा गाई पालेर आफूलाई मात्र पनि खान नपुग्ने थियो । अहिले उन्नत जातका पशुपालनबाट किसानहरुले निकै आर्थिक विकास गरेका छन् । गाई–भैंसी पालनमा व्यावसायिकता आएको छ । विदेशको आकर्षक जागीर छाडेर नेपालमै भैंसी पालन वा गाईपालनमा लाग्ने हजारौं किसानले मनग्य धन आर्जन गरेका छन् । एउटै किसानले ५०–६० र १०० सम्मको हाराहारीमा भैंसी पालन वा गाई पालन गरेर वार्षिक लाखौंंको आम्दानी गरेका छन् । त्यत्ति मात्र नभएर लाखौं वेरोजगारहरुलाई रोजगारीको अवसर जुटाएका छन् । माछा पालनमा पनि धेरै उन्नति देखिएको छ । अझ त्यसमाथि ट्राउट माछा खेतीबाट अन्य माछा पालन व्यवसाय भन्दा तेब्बर आम्दानी गर्न किसान सफल देखिएका छन् । त्यसैगरी कुखुरा पालन, बंगुर पालन, बाख्रा पालन आदिबाट पशस्त आम्दानी भएको छ । चिया खेतीमा पनि विकास भएकै छ । कफी खेती हलक्क बढ्दो छ । तरकारी सवैभन्दा अव्वल आम्दानीको स्रोत भएको छ । लाखौं वेरोजगार युवाहरुको संलग्नता यसैमा देखिएको छ । एक रोपनी जमिन हुने हो भने सानो परिवार राम्रैसँग पालिएको छ तरकारी व्यवसायबाट । अझ अहिले त तरकारीमा आएको व्यावसायिकताले निकै राम्रो आम्दानीको बाटो बनेको छ ।
यहाँनेर एउटा जिज्ञासा उब्जिन्छ, त्यसो भए नेपालमा कृषि क्रान्ति भएकै छ त ! के कुरामा कमी आयो र ? तर खेतीपाती गरियो भन्दैमा त्यसमा आधुनिकता र वैज्ञानिक प्रविधि अपनाइएन भने उत्पादन राम्रो हुन सक्दैन । त्यसैगरी आधुनिक औजार, उन्नत मल बीउ–विजन आदि पनि उत्पादन वृद्धि गर्नका लागि अपरिहार्य कुरा हुन् । कृषिमा उन्नति गर्ने विज्ञहरु नेपालमा नभएका होइनन् । तर ती आफ्नो पेशाप्रति इमानदार देखिएका छैनन् । सरकारी कर्मचारीले आफ्नो दायित्व निर्वाह गरेका छैनन् । कुर्सीमा बसेर जागीर पकाउनु बाहेक कृषिमा कसरी क्रान्ति ल्याउने भन्नेमा सोच विचार गर्दैनन् उनीहरु । दिन कसरी कटाउने र पेन्सन कसरी पकाउने भन्ने ध्याउन्न बाहेक अरु केही अतिरिक्त विचार उनीहरुमा आएजस्तो लाग्दैन । होलान् दुई चार जना इमानदार कर्मचारी पनि । तर तिनले मात्र के गरुन् ? सरकार चलाउने उच्च ओहादाका ओहोदाधारीमा नै उन्नत सोच विचार पाइँदैन । यो देशको सरकारले कृषिमा क्रान्ति ल्याउन गतिलो नीति कहिल्यै ल्याएन । उही पुरानो ढर्रा र ढस्सामा दिन बिताउँदै छ । यसरी कसरी देशमा कृषि क्रान्ति आउँछ ?
अब बन्ने सरकारले गंभीरतापूर्वक सोच्नु पर्ने बेला आएको छ । जबसम्म नेपालको कृषि क्षेत्रमा आधुनिकता आउँदैन, क्रान्ति ल्याइन्न, नीति नियम बनाउने योजनाकारहरुमा गतिलो बुद्धि पलाउँदैन, विज्ञहरुले इमानदारीपूर्वक काम गर्दैनन्, कर्मचारीहरु घाम तापेर मात्र दिन नकटाइ आफ्नो कृषि कर्ममा लाग्दैनन्, किसानहरुलाई राम्रो प्रशिक्षण, मल, बिउ–विजन, औजारमा सहुलियत प्रदान गरिदैन तबसम्म कृषिमा आमुल परिवर्तन आउँदैन, मुलुक अघि बढ्न सक्दैन । कृषिमा विकास गर्ने संभावनाहरु थुप्रै छन् । आफूलाई राखेर आधा उत्पादन निर्यात गर्न सकिने संभावनाहरु पनि धेरै छन् । तर त्यसका लागि नीति निर्माण गर्ने सरकारको प्रतिबद्धता आवश्यक पर्छ । विज्ञ, इमानदारी कर्मचारीहरु दत्तचित्त भएर लागी पर्नुपर्छ । किसानहरुले अन्य क्षेत्रभन्दा कृषि कर्मलाई नै सर्वोपरि ठानेर समर्पित भए भने कृषि क्रान्ति आउन धेरै वर्ष कुर्नु पर्दैन यो देशमा । यसो भएको खण्डमा मुलुक अघि बढ्ने कुरामा कुनै द्विविधा रहने छैन ।
अहिले लन्डनमा बस्दै आएकी नेपाली नागरिक मिनु र उनका दुुई छोराहरूको नाममा सबैभन्दा बढी रकम स्विस बैंकमा जम्मा छ । हाम्रो अनुसन्धानले के देखाएको छ भने– बानेश्वरस्थित गंगादेवी टोलमा घर ठेगाना उल्लेख गरेर स्विस बैंकमा पैसा जम्मा गर्ने मिनु शाह विवाह पछि मिनु शाह छिब्बर भएकी हुन् । उनको अर्को ठेगाना चाहिं ललितपुरको कुपण्डोल हो । कुपण्डोलस्थित छिब्बर निवासमा भेटिएका शाहका सहयोगीले भने, “महारानी मिनु बेलायत जानु भा’छ । चैतमा आउनुहुन्छ ।”

बेलायतमा बसोबास गर्ने नेपाल आउजाउ गरिरहने मिनुले भारतीय नागरिक सिर्वतेरा प्रकाश ९एसपी० छिब्बरसँग विवाह गरेकी छिन् । कागजातहरूले एसपी छिब्बरको सन् २००३ मा मृत्यु भएको देखाउँछन् । भारतीय अदालतमा परेको एउटा मुद्दा केलाउँदै जाँदा भेटिएका केही कागजातबाट एसपी छिब्बरकी जेठी श्रीमती पनि छन् भन्ने देखिन्छ । मिनुतर्फ दुुई छोरा पर्वेश छिब्बर र महेश छिब्बर छन् ।

मिनु र उनका दुवै छोराको नेपाली राहदानी छ । सन् २००६र०७ मा ७८ लाख ५० हजार ९९१ का दरले दुुई छोरा र मिनुले २ करोड ३५ लाख ५२ हजार ९७३ अमेरिकी डलर ९२ अर्ब ६१ करोड ४३ लाख ८० हजार रुपैयाँ० स्विस बैंकमा जम्मा गरेका छन् । जेठो छोरा पर्वेशको भारतमा आडवानी होटल एन्ड रिसोर्ट र बेलायतमा आधा दर्जन कम्पनीहरूमा पनि लगानी छ । लन्डनको बर्लिङटन आर्केडमा बस्दै आएका कान्छो छोरा महेशको पनि लन्डनमै चार वटा कम्पनीमा लगानी रहेको देखिन्छ ।

हामीले बेलायतमा व्यवसाय गरिरहेका मिनुका छोरा पर्वेश छिब्बरसँग स्विस बैंकको बचत बारे सोधेका थियांै । उनले भने, “मलाई यसबारेमा कुनै जानकारी छैन, मेरो आमासँग कुरा गर्नुस् ।” मिनुसँग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन ।

मिनु र उनका छोराहरूका कतिपय आर्थिक क्रियाकलापहरू शंकास्पद देखिन्छन् । छिब्बर परिवारको भारतको अदालतमा मुद्दा परेको छ भन्ने आईसीआईजेको कागजातबाट देखेपछि एक जना भारतीय पत्रकारको सहयोगमा हामीले दिल्ली उच्च अदालतका केही कागजात प्राप्त ग¥यौं । प्राप्त विवरण अनुसार सन् २०१२ मा छिब्बर परिवारको सम्पत्ति सम्बन्धी एउटा मुद्दामा दिल्ली उच्च अदालतले मिनु र उनका छोराहरूले नेपाली ठेगाना प्रयोग गरेकोमा प्रश्न उठाएको भेटियो ।

स्विस बैंकका अनुसार, छोरा महेशले नेपाली राजदूतावास लन्डनको सिफारिशमा १० फेबु्रअरी १९९७ मा नेपाली पासपोर्ट बनाएका हुन् । पर्वेशले पनि २३ नोभेम्बर १९९९ मा नेपाली पासपोर्ट बनाएका छन् । ‘दि ब्रिटेन नेपाल सोसाइटी’ ले सन् १९९३ र १९९६ मा प्रकाशित गरेका दुईवटा स्मारिका अनुसार, मिनु उक्त सोसाइटीकी सदस्य हुन् ।

मिनु शाह छिब्बरका बारेमा बुझ्न हामीले परराष्ट्र मन्त्रालयमा सम्पर्क ग¥यौं । मन्त्रालयको राहदानी विभागको प्रशासन शाखाका शाखा अधिकृत गणेशप्रसाद अधिकारीले दिएको जानकारी अनुसार, मिनु छिब्बरका नाममा बेलायतस्थित नेपाली दूतावासबाट १७ सेप्टेम्बर २०१३ मा ०६७०२५३६ नम्बरको मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० जारी भएको छ । पासपोर्टमा लेखिए अनुसार, उनको स्थायी ठेगाना ललितपुर बागडोल हो । पासपोर्टमा नजिकको नातेदारमा भतिजा अमोदप्रताप राणाको नाम उल्लेख छ ।

सम्बन्धको जालो

छिब्बर परिवारको सम्बन्ध अन्यत्र पनि छ । मिनुका दुुई छोराहरू महेश र पर्वेश ‘दुबईको पर्ल ग्लोबल फाइनान्स लिमिटेड’ कम्पनीका लगानीकर्ता हुन् । यो कम्पनीमा लन्डनमा बसोबास गर्ने अमेरिकी नागरिक जोन मोरिशन एटवाटर पनि छन् । कम्पनीले कानूनी रूपमा इच्छाएको व्यक्ति उल्लेख गर्नुपर्ने ठाउँमा मिनु, पर्वेश र एटवाटरको नाम उल्लेख छ । स्विस बैंकको अभिलेख अनुसार मिनुको ‘ग्राहकसँग सम्बन्धित व्यक्तिगत तथा कानूनी संस्था’ मा एटवाटरको पनि नाम हुनुले मिनु, महेश, पर्वेश र एटवाटर चारै जना एउटै कारोबारमा सम्बन्धित व्यक्ति हुन् भन्न स्पष्ट हुन्छ ।

यसबारेको थप विवरणको खोजी गर्दै जाँदा मिनुको कारोबार स्विस बैंकमा मात्रै सीमित छैन भन्ने देखिन्छ । अवैध धन राख्न, स्रोत लुकाउन र गैरकानूनी आर्जनको खोजीनितीबाट बच्न सुरक्षित मानिने ‘ट्याक्स हेवन’ मुलुकको लगानीमा पनि मिनु जोडिएकी छिन् । आईसीआईजेको पानामा पेपर्सले फेला पारेको २०१६ को विवरण अनुसार ब्रिटिश भर्जिन आइल्यान्डस्को विवादास्पद कम्पनी मोसेक फोन्सेकाले मिनुको नाममा रुनी होल्डिङ्स कम्पनी दर्ता गराइदिएको छ ।

इङ्गल्यान्ड र फ्रान्सबीचको टापु जर्सीको च्यानल आइल्यान्डस्मा दर्ता भएको यो कम्पनीको बैंक खातामा लगानीको लाभकर्तामा मिनुको नाम छ । ट्याक्स हेवन मानिने जर्सीमा दर्ता भएको यो कम्पनी सन् २००० मा दर्ता भई २०१६ सम्म सक्रिय रहेको देखिन्छ । रुनी होल्डिङ्स कम्पनीको शेयर सदस्य सम्बन्धी सन् २०१० को एक दस्तावेज अनुसार, उक्त कम्पनीमा मिनुले लगानी गर्नुपूर्वका शेयर सदस्यहरू ब्रिटिश नागरिकहरू थिए । उनीहरूमार्फत मिनु ‘ट्याक्स हेवन’ मुलुकमा प्रवेश गरेको देखिन्छ ।

दुबईको पर्ल ग्लोबलसँग सम्बन्धित एटवाटर पनि स्विस बैंकका बचतकर्ता हुन् । उनले दुुई फरक–फरक खातामा रकम जम्मा गरेका छन् । एउटा खातामा ९ लाख ७ हजार ७७ अमेरिकी डलर ९९ करोड ६३ लाख रुपैयाँ० रकम जम्मा देखिन्छ । अर्को खातामा भने ५ करोड ६५ लाख १६ हजार ९७९ डलर अर्थात् करीब ९ अर्ब रुपैयाँ रकम देखिन्छ । अहिले उनी बेलायतमा बस्दै आएका छन् । स्विस बैंकको विवरण अनुसार, बेलायतमा एटवाटरको पाँच वटा कम्पनीमा लगानी देखिन्छ ।

एटवाटर र छिब्बर परिवारको कथाको साइनो नेपालसँग यहाँनेर जोडिन्छ । नेपालका राणा प्रधानमन्त्री श्री ३ पद््मशमशेरकी छोरी रमा मल्लसँग पनि एटवाटरको सम्बन्ध देखिन्छ । बेलायतमा एटवाटर र मल्ल व्यावसायिक साझेदार हुन् । उनीहरूको संयुक्त लगानीमा ‘सिक्स्टीन अप्पर ब्रुक स्ट्रीट लिमिटेड’ कम्पनी सञ्चालनमा छ । ३४ वर्षदेखि अस्तित्वमा रहेको उक्त कम्पनीमा सन् २००४ देखि मल्लको लगानी देखिन्छ । रमा नेपालस्थित ठमेलको ‘मल्ल होटल’ की अध्यक्ष हुन् । एक वर्षअघि रमाले नेपालमा ८ करोड १० लाख रुपैयाँ कर नतिरेको भनेर कर कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो । हामीले होटल मल्लको टेलिफोन नम्बरमा पटक पटक सम्पर्क ग¥यौं तर रमासँग सम्पर्क हुन सकेन ।

नेपाली कागजातको प्रयोग

कतिपय विदेशी नागरिकले नेपाली कागजात प्रयोग गरेर स्विस बंैकमा सम्पत्ति राखेको पनि फेला परेको छ । आईसीआईजेले उपलब्ध गराएको विवरण अनुसार, ५३ वर्षीय इजरायली नागरिक लिवर जोहार येहुदाले नेपाली पासपोर्ट प्रयोग गरेर स्विस बैंकमा पैसा जम्मा गरेका छन् । येहुदाले पाटन, काठमाडौं ठेगाना उल्लेख गरी स्विस बैंकमा रकम जम्मा गरेका हुन् । केमिकल ९रसायन० को आयात निर्यातका व्यापारी भनिने येहुदाको नाममा ४ लाख ९७ हजार २४६ अमेरिकी डलर ९५ करोड ३५ लाख ७३ हजार २८४ रुपैयाँ० जम्मा देखिन्छ ।

नेपाली ठाउँसँग मिल्ने ठेगाना उल्लेख गरी थप तीन जना विदेशीले पनि स्विस बैंकमा रकम जम्मा गरेका छन् । आईसीआईजेको सन् २००६र०७ को विवरण अनुसार, युएई ठेगाना भएका भारतीय नागरिक सुजलप्रकाश साहले ३ लाख ३२ हजार ७४० डलर ९३ करोड ५८ लाख ४९ हजार ४०७ रुपैयाँ० जम्मा गरेका छन् ।

भारतका अरुणकुमार रामनिकलाल मेहताले ४ करोड ४ लाख अमेरिकी डलर ९४ अर्ब ८४ करोड ४४ लाख १५ हजार ९७३ रुपैयाँ० जम्मा गरेका छन् । स्विस बैंकमा रकम जम्मा गर्ने खातावालाको ‘व्यक्तिगत विवरण’ सम्बन्धी दस्तावेजमा मेहताको ठेगाना ‘पाटन’, व्यवसाय मुम्बईको हीरा कम्पनीको डाइरेक्टर उल्लेख छ । नेपालमा नाम नसुनिएका मेहता को हुन् भनेर पत्ता लगाउन थप अनुसन्धान ग¥यौं । यसमा खोपकेले प्राप्त गरेको दस्तावेजमा उनको व्यक्तिगत ‘प्रोफाइल’ सँग सम्बन्धित सूचीमा भेटिएका अन्य सात जनाको नाम र विवरणहरूका बारेमा डिजिटल अनुसन्धान ग¥यो । त्यसबाट अरुणकुमार भारतीय नागरिक भएको र ती सातै जना उनको परिवारको सदस्य रहेको पुष्टि भयो । दस्तावेजमा उल्लेख भएको उनको ठेगाना पाटन भन्ने ठाउँ भारतको गुजरात राज्यमा पर्दछ जहाँ मेहता जन्मेका थिए ।

रजिष्ट्रार अफ कम्पनिज, इण्डियाका अनुसार, मेहताको भारतमा सात वटा कम्पनीमा लगानी छ । मुम्बईको रोजी ब्लू प्राइभेट लिमिटेड नामक उनको कम्पनी हीराको व्यापार गर्ने भारतकै ठूलामध्येको एक भएको भारतको आर्थिक दैनिक ‘द इकोनोमिक टाइम्स’ ले २०१८ मार्चमा प्रकाशित एउटा समाचारमा उल्लेख छ । सोही पत्रिकाले २०१६ अप्रिलमा प्रकाशन गरेको अर्को एउटा खबरमा मेहता र उनको परिवारका अन्य ६ सदस्य स्विस बैंकसँग जोडिएको ह्वाइट सेडार इन्भेष्टमेन्ट लिमिटेड नामको ट्रष्टका लाभकारी ‘बेनिफिसियल ओनर’ भएको आरोप लागेपछि भारतको मुम्बई उच्च अदालतमा मुद्दा चलेको थियो ।

अदालतले ह्वाइट सेडार इन्भेष्टमेन्ट लिमिटेड नामको ट्रष्टसँग आवद्ध कुन व्यक्तिले ४४ मिलियन डलर स्विस बैंकमा जम्मा गरेका हुन् भन्ने पत्ता लगाउन नसकेपछि २०१६ अप्रिलमा सो मुद्दा खारेज गरेको थियो । बम्बई उच्च अदालतले भनेको छ, “एचएसबीसी ९स्विस बैंक० जेनेभाले उक्त ट्रष्टसँग सम्बन्धित खाताको विवरण उपलब्ध गराएको खण्डमा मात्र रकम जम्मा गर्ने स्रोतको बारेमा खुल्न सक्छ ।” खोपकेलाई आईसीआईजेबाट प्राप्त मेहताको व्यक्तिगत विवरणमा ग्राहकको प्रोफाइलसँग सम्बन्धित व्यक्तिको सूचीमा ह्वाइट सेडार इन्भेष्टमेन्ट लिमिटेड पनि छ । उसको नाममा ४ करोड ४८ लाख ६१ हजार १७१ अमेरिकी डलर स्विस बैंकमा जम्मा भएको भेटिएको छ ।

अरुणकुमार रामनिकलाल मेहताको नाता भारतका अर्बपति व्यापारी मुकेश अम्बानीसँग पनि जोडिन्छ । द इकोनोमिक टाइम्स मा प्रकाशित रिपोर्ट अनुसार, मेहताकी नातिनी श्लोका मेहताको विवाह मुकेश अम्बानीका छोरा आकाश अम्बानीसँग हुने तय भइसकेको छ ।

त्यस्तै गोविन्दभाई लालझिभाई ककडिया नाम गरेको व्यक्तिले स्विस बैंकमा २ हजार १८६ अमेरिकी डलर ९२ लाख ३५ हजार ५१९० रुपैयाँ जम्मा गरेका छन् । सुजल, अरुण र गोविन्द तीनै जनाको ठेगाना पाटन, काठमाडांै लेखिएको छ । यही ठेगानाका भरमा स्विस बैंक र आईसीआईजेले उनीहरूले राखेको पैसालाई ‘नेपालीले गरेको बचत’ को सूचीमा राखेको देखिन्छ ।

तर, गुजरात, पाटनमा जन्मेका गोविन्दभाई लालझिभाई ककडिया भारतका प्रतिष्ठित सुन तथा हीरा व्यापारी हुन् । रजिष्ट्रार अफ कम्पनिज, इण्डियाका अनुसार भारतमा सुन र हीराको कारोबार गर्ने पाँच कम्पनीमा उनको लगानी छ । भारतमा हीराको कटिङ, प्रशोधन तथा उत्पादनमा अग्रपंक्तिमा रहकोे उनको कम्पनी हो, शीतल म्यानुफ्याक्चरिङ प्रालि ।

भारतको दैनिक पत्रिका इन्डियन एक्सप्रेस ले २०१५ को फेब्रुअरी महीनामा प्रकाशन गरेको एउटा समाचारमा ककडिया सामेल भएको शीतल ग्रुपले सन् २००६र०७ मा ९ हजार १०० अमेरिकी डलर स्विस बैंकमा राखेको खुलासा गरेको थियो । सो खातामा भएको रकमको लाभग्राही ‘बेनिफिसियल ओनर’ मा ककडिया र उनका तीन भाइको नाम छ । तर आईसीआईजेले नेपालअन्तर्गत उपलब्ध गराएको दस्तावेज अनुसार, उनको नाममा २००६र०७ मा २ हजार १८६ अमेरिकी डलर स्विस बैंकमा जम्मा भएको देखिन्छ ।

के हो स्विस बैंक रु

स्विट्जरल्यान्डमा सन् १८५४ मा ‘स्विस बैंक कर्पोरेशन’ का रूपमा स्थापित स्विस बैंकका शाखा ५० देशमा छन् । स्विस बैंकले आफ्नो बारेमा ‘उच्चस्तरको गोपनीयता र कम स्तरको वित्तीय जोखिमको व्यवस्था गरेको’ दाबी गरेको छ । आयस्रोत नखोजिने र लगानीकर्ताको विवरण सार्वजनिक नगर्ने भएकाले गैरकानूनी आर्जन यस बैंकमा जम्मा गर्न सहज मानिन्छ । स्विट्जरल्याण्डको अनलाइन पत्रिका स्विस इन्फो न्यूज डट सिएच का अनुसार, ‘खासगरी सम्बन्धविच्छेद ९डिभोर्स०, गम्भीर आपराधिक कार्य, बैंक टाट पल्टिंदा, अंशबन्डा गर्दा प्राप्त रकम यो बैंकमा मौज्दात गर्नु सुरक्षित मानिन्छ ।’

बंैकका अनुसार, विश्वका २०० भन्दा बढी देशका नागरिकको मौज्दात छ । बैंकले जुन कुनै प्रयोजनका लागि कुनै पनि निकायलाई खातावालको विवरण दिंदैन । तर, सन् २०१५ मा स्विस सरकार र युरेपियन युनियन ९इयु० बीच भएको सम्झौता अनुसार ‘असाधारण गोपनीयता अन्त्य गरी स्विट्जरल्यान्ड र अन्य युरोपियन मुलुकका खातावालहरूको विवरण माग भएमा आदानरप्रदान गर्नुपर्ने’ सम्झौता छ । सन् २०१५ मा आईसीआईजेले गरेको ‘स्विस लिक्स’ ले कर छली तथा आपराधिक क्रियाकलापबाट आर्जन गरिएको रकम समेत स्विस बैंकमा जम्मा गरेको तथ्य सार्वजनिक भएपछि ईयूले बैंकसँग यस्तो सम्झौता गरेको हो । तर यो सम्झौताले पनि स्विट्जरल्याण्ड र युरोपियन मुलुकसँग असम्बन्धित कारोबार र तीभन्दा बाहिरका मुलुकहरूको गैरकानूनी आर्जन त्यहाँ लुकाउन सकिने नै देखिन्छ ।

स्विस बैंकले ‘तानाशाह, भ्रष्ट नेता, कर छली गर्ने व्यापारी, हतियार तथा लागूऔषध कारोबारीको रकम जम्मा गरी नाफा कमाउने काम गरेको’ आईसीआईजेको दाबी छ । ‘स्विस लिक्स’ पछि स्विस बैंकले विश्वभर आलोचना खेप्नुप¥यो । केही मुलुकका नेताहरूको राजनीति नै धरापमा प¥यो । त्यसको प्रभावस्वरुप स्विस बैंकलाई पनि नियमनको दायरामा ल्याउने प्रयास ईयूले ग¥यो । तर, अझै पनि स्विस बैंक खातावालाको विवरण आदानरप्रदान गर्न चाहँदैन । स्विस बैंकर्स एशोसिएशनले तयार पारेको २०१५ को प्रतिवेदन अनुसार, यस बैंकको ६।५ ट्रिलियन डलर ९६५ खर्ब अमेरिकी डलर० सम्पत्ति छ । प्रतिवेदन अनुसार, यसमध्ये ५१ प्रतिशत सम्पत्ति स्विट्जरल्यान्ड भन्दा बाहिरका देशहरूबाट लगेको हो ।

‘स्विस लिक्स’ पछि स्विट्जरल्याण्डको अदालतले स्विस बैंकका सूचनाप्रविधिमा काम गर्ने एक कर्मचारीलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । एर्वी फाल्चेनीले एक लाख ३० हजार खातावालको विवरण चुहाएको आरोपमा जेल सजाय पाएका हुन् । बेलायती समाचार संस्था ‘रोयटर्स’ ले जनाए अनुसार, फाल्चेनीलाई २०१८ अप्रिलमा स्पेनको बार्सिलोनाबाट पक्राउ गरिएको थियो । त्यहाँ उनी दुुई महीना जेल बसे । तर, अदालतले स्पेनको कानून अनुसार फाल्चेनीलाई स्विट्जरल्याण्ड ‘सुपुर्दगी’ गर्न नहुने फैसला सुनायो । अहिले उनी जेलबाट छुटिसकेका छन् । उनीमाथि सन् २००८ देखि युरेपियन युनियनका विभिन्न राष्ट्रलाई स्विस खातावालाको सूचना दिने गरेको आरोप छ ।

९‘स्विस लिक्स’ इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट ९आईसीआईजे० र ले मन्डद्वारा सन् २०१५ मा एचएसबीसी प्राइभेट बैंक ९स्विट्जरल्याण्ड० का दस्तावेजहरूमाथि गरिएको अनुसन्धानमा आधारित छ । आईसीआईजेले स्विस लिक्स प्रोजेक्टअन्तर्गत करीब ६० हजार दस्तावेजको विस्तृत अध्ययन गरेपछि एचएसबीसी बैंकका झन्डै एक लाख खाता र खातावालाहरूको विवरण फेला पारेको थियो । तीमध्ये धेरैजसो ग्राहक र खाताहरू सम्बन्धी डाटा सन् १९८९ देखि २००७ सम्मका थिए ।

+ posts

सम्वन्धित समाचार

मुर्मुरिनुसम्म मुर्मुरिए दश भाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जेठ २ गतेको संरचनाअनुसारको एमाले क्रियाशील नहुने खालको अभिव्यक्ति दिएपछि...

२५ लाख बराबरको भन्सार छली !

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणमा सामान बरामद गरेको छ। रोहिणी गाउँपालिका–२ खुरहुरियास्थित एउटा खाली घरमा...

ताजा समाचार

मुर्मुरिनुसम्म मुर्मुरिए दश भाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जेठ २ गतेको संरचनाअनुसारको एमाले क्रियाशील नहुने खालको अभिव्यक्ति दिएपछि...

२५ लाख बराबरको भन्सार छली !

बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणमा सामान बरामद गरेको छ। रोहिणी गाउँपालिका–२ खुरहुरियास्थित एउटा खाली घरमा...

८३ किलो गाँजासहित एक युवक पक्राउ

वीरगञ्ज । प्रहरीले ८३ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्ती निवासी रुक बहादुर रुम्बालाई...

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...