जाजरकोटका दर्जन बढी विकास आयोजना किन अलपत्र ?

जाजरकोट, माघ । वषांैदेखि निर्माण व्यवसायीले काम नगर्दा जाजरकोटका दर्जन विकास निर्माणका काम अलपत्र परेका छन् । ठेक्का लिने तर काम बीचमै छाड्दा यहाँका दर्जन विकास निर्माणका काम आधा भएर अलपत्र परेका हुन् । वर्षेनी लिएको काम पूरा नगर्दा जिल्लाको स्वास्थ्य संस्था, पुल अलपत्र पर्ने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । जिम्मेवार निकायको खबरदारी कम हुनु र निर्माण व्यवसायी गैरजिम्मेवारी बन्नुले जाजरकोटका दर्जन आयोजना वर्षौंदेखि अलपत्र भएका हुन् ।
छ महिनाअघि काम नगर्र्नेे १४ जना निर्माण व्यवसायीको विवरण गृह मन्त्रालयमा पठाएपनि अहिलेसम्म ती निर्माण व्यवसायी न काममा फर्केका छन् न त जिम्मेवारी बोध नै गरेका छन् ।
निर्माणको काम समयमै नगर्ने निर्माण व्यवसायीलाई स्थानीय सरकारले दैनिक ताकेता गरेपनि निर्माण व्यवसायीले नटेर्दा समस्या उत्पन्न भएको छ । ६ वर्षअघि निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने जाजरकोट अस्पतालको प्रसूति भवन अहिलेसम्म लथालिङ्ग छ । फ्रेण्ड्स कन्ट्रक्सन प्रालि काठमाडौँका पुष्पराज बजगाईंले २०६८ चैत २६ मा ठेक्का लिई २०७० जेठ २५ मा काम सक्ने सम्झौता गरेको अस्पतालको प्रसूति गृह अहिलेसम्म निर्माण हुनसकेको छैन् ।
उनले निर्माण गर्छु भन्दै पटकपटक म्याद थप्दै आए पनि काम भने जहाँको त्यहीँ छ । सात वर्षसम्म पनि काम पूरा नहुँदा जिल्ला अस्पतालमा दैनिक सेवा प्रवाह प्रभावित हुँदै आएको छ । जिल्ला अस्पतालमा गतिलो भवन नहुँदा आवश्यक उपकरण राख्न र शल्यक्रिया गर्ने ठाउँ र बिरामी कक्षको समेत कमी हुने गरेको छ ।
दैनिक जिल्ला अस्पातलमा आउने बिरामीको गाली मात्र खानुपरेको अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले बताए । त्यस्तै जिल्लाको शिवालय गाउँपालिकाको मोर्क खोलाको मोटर चल्ने पुल आठ वर्षदेखि अलपत्र छ । यो पुल निर्माण नहुँदा पश्चिम क्षेत्रका छेडागाड नगरपालिका तथा जुनि चाँदे, शिवालय र कुशे गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन् ।
छेडागाड–जुम्ला सडक खण्डभित्र पर्ने यो पुल निर्माण नहुँदा सडकको थप स्तरोउन्नतिेको काम समेत प्रभावित भएको स्थानीय सरकारले बताएका छन् । निर्माण व्यवसायीलाई धेरैपटक सम्पर्क गर्न खोज्यांै तर उनीले हामीलाई वास्ता गरेनन् छेडागाड नगरपालिका प्रमुख लालबहादुर महताराले भने ।
लामातडा गर्खाकोट सडकलगायतका दर्जनौँ आयोजना अलपत्र छन् । छिन्चु–जाजरकोट सडक खण्डको भेरी नगरपालिकाको पासागाड खोला पुल पाँच वर्षदेखि निर्माणको सुरसारसम्म छैन् । अन्य सडक निर्माणका काम पनि वर्षौंदेखि अलपत्र अवस्थामा हुँदा स्थानीयवासी पीडित बनेका छन् । करोडका ठेक्का लिने तर बीचमै काम छाडेर भाग्ने निर्माण व्यवसायीको गैरजिम्मेवार तरिकाले गर्दा जाजरकोटवासी हैरान भएका छन् । त्यस्तै जिल्लाको नलगाड नगरपालिका–७ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको भवन सात वर्षदेखि निर्माण नहुँदा पानी परको बेला चुहिने हुँदा उपचारमा समस्या भएको केन्द्रका प्रमुख रामप्रसाद गौतमले बताए ।
जिएम कन्स्ट्रक्सन प्रालि काठमाडौँका पुरुषोत्तम मानन्धरले २०६८ असार २२ गते सम्झौता गरेर दल्ली स्वास्थ्य केन्द्रको भवन आधा निर्माण गरेर बीचमै छाडेको थियो । २०७० चैत २० गतेभित्र निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरी सक्नुपर्ने सो भवन ठेकेदारले बीचमै काम छोडेको र नगरपालिकाले पटक÷पटक निर्माणको तोकेता गरे पनि सम्पर्कमा नआएको बताइएको छ ।
पूर्वी क्षेत्रको सबैभन्दा ठूलो जनसङ्ख्या भएको यो क्षेत्रमा दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको भए पनि उपचार गर्ने ठाउँको अभावमा कठिनाइ भोग्न बाध्य भएका छन् । आवश्यक उपकरण राख्ने ठाउँसम्म नहुँदा दैनिक उपचार, प्रसूति गराउने कक्षको अभावमा उपचार प्रभावित हुने गरेको स्वास्थ्य शाखाका प्रमुख गौतमले बताए ।
त्यस्तै नलगाड जलविद्युत् आयोजनको कालीमाटीदेखि बारेकोट गाउँपालिकाको अधँेरी खोलासम्म निर्माण हुने पहुँच मार्गको काम तोकिएको मितिमा नहुँदा दैनिक यो क्षेत्रमा यात्रा गर्ने स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षेनी अधुरा काम पूरा गर्न सांसददेखि मन्त्रीसम्म स्थानीयवासीले ज्ञापनपत्र बुझाए पनि सरोकारवाला निकायले गम्भीरता नदेखाउँदा जिल्लाको विकास निर्माणले गति लिन सकेको छैन । – हेमन्त केसी

+ posts

सम्वन्धित समाचार

पिलो निचोरिएर हाइसञ्चो भयो भन्नेले सदनमा नारा लगाउने ? : माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा...

एक मुक्काले ढले मेयरसाब

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो...

ताजा समाचार

पिलो निचोरिएर हाइसञ्चो भयो भन्नेले सदनमा नारा लगाउने ? : माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा...

एक मुक्काले ढले मेयरसाब

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो...

बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा मिल्यो मन्त्रालयको भाग

काठमाडौं । बगरेले मासु भाग लगाएजस्तै सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डामा कुरा मिलेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर...

रकमकै लागि निजी विद्यालय खुलाउने होड, बच्चाको स्वास्थ्य जिम्मेवारी कसको ?

काठमाडौं । विद्यालय खोल्न विद्यालयहरु तम्सिरहेका छन् । तर, अभिभावकहरु भने विद्यालय खोल्न हतारिएको देखिएको छैन । विद्यालयहरु शुल्कको लागि हतारिएको अनुमान...

एक हप्तामा सरकारमा जाने, तर आसेपासेलाई नलाने माधव नेपालको उद्घोष

पोखरा । आफ्नै पार्टी नेकपा एमालेमा असन्तुष्टि जनाउँदै विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेका माधवकुमार नेपालले पोखरा पुगेर सरकारमा सामेल...