उपभोक्ता ठगी गर्ने दुई पेट्रोलपम्पमा शिलबन्दी

0
384

काठमाडौँ, माघ । पेट्रोलिय पदार्थमा लुट नेपाल आयल निगमदेखि पम्पसम्म हुन्छ भन्ने कुरा नौलो होइन । ट्याक्टर ढुवानीले तेल चोरी गर्नपाईन भने गरिएको आन्दोलनले नै सो कुराको पुष्टि गरेको छ । यद्यपी ढुवानीाम मात्र होइन सवैको आँखा अगाडि विक्री गर्ने पेट्राल पम्पले नै उपभोक्ता ठगिरहे पछि नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ ।
विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई शिलबन्दी गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले शिल तोडेर नक्कली शिल लगाई बिक्री–वितरण गरेको आधारमा शिलबन्दी गरेको जानकारी दिए । “विभागले लगाएको शिल तोडेर उपभोक्तालाई कम तेल दिएर ठगी गरेको पाइएको छ,” उनले भने । दुबै पेट्रोल पम्पका सञ्चालक एकै जना भएको विभागले जनाएको छ ।
विभागले स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ तथा नियमावली २०२७ अनुसार उक्त दुबै पम्पमा शिलबन्दी तथा कारोबार रोक्का गरी थप कानूनी प्रक्रिया अगाडि बढाइएको महानिर्देशक पुडासैनीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here