दलित समुदायले चलाएको विद्यालय अलपत्र

बाजुरा, चैत । बाजुराको बूढीगङ्गा नगरपालिका–१० मा रहेको मन्टेश्वरी आधारभूत विद्यालय आर्थिक अभावले अलपत्र परेको छ । भौतिक पुर्वाधार तथा जनशतिm अभावले विद्यालय अलपत्र अवस्थामा पुगेको स्थानीयवासी मिना विकले जानकारी दिए ।
दलित समुदायको पहलमा विसं २०६६ मा स्थापना भएको सो विद्यालयलाई सरकारले अनुमति दिए पनि अन्य कुनै सहयोग नगरेको विद्यालयका प्रधानाध्यापक लोकेश विकको गुनासो थियो । उक्त विद्यालयमा कक्षा एकमा ३६, कक्षा दुईमा २५ र कक्षा तीनमा २९ विद्यार्थी अध्यनरत छन् । भवन अभावमा कक्षा एक र दुई कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने पर्ने बाध्यता रहेको शिक्षिका सीता साउदले बताए ।
एकाउन्न दलित परिवारले भारतमा चौकीदारी गरेर विद्यालय चलाउँदै आएका थिए । भारतमा रहेका नेपालीले कालिका सामुदायिक सोसाइटीमार्फत रकम सङ्कलन गरेर विद्यालय स्थापना गरिएको थियो । सो सोसाइटीबाट उपलब्ध भएको रू दुई लाख ५० हजारको लागतमा भवन निर्माण गरिएकामा हाल त्यो भनव जीर्ण बनेको विद्यालयले जनाएको छ । हाल उक्त विद्यालयमा तीन निजी शिक्षक छन् ।

ताजा अपडेट