सार्वजनिक जग्गा मिच्ने कामपा ४ का वडा अध्यक्ष भन्छन् ‘जसले सक्छ उसैले प्रयोग गर्छ’


काठमाडौं, चैत्र । संघीय संरचनामा मुलुक गएपछि स्थानीय तहका प्रमुखको त कुरै छाडौं वडा अध्यक्ष समेत प्रधानमन्त्री भन्दा ठूला र चर्का कुरा गर्न थालेका छन् । पदको दुरुपयोग गर्दै राज्यको ढुकुटी दोहन गर्ने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम पछिल्लो समय बढ्दै गएको देखिन्छ ।
काठमाडौं महानगरपालिका वडा नं. ४ मा वडा अध्यक्षमा एमालेका तर्फबाट निर्वाचन जितेका मोहनबहादुर विष्टले पनि बर्षोंदेखि सार्वजनिक जग्गा मिचेर पक्की भवन नै बनाएर भाडा खाईरहेका छन् भने वाँकी जग्गालाई पार्किङ्गका रुपमा प्रयोग गरिरहेका छन् ।
रिङ्गरोड छेवैमा रहेको पुरानो बाटो करीव ४ जना जग्गा आफ्नो कम्पाण्ड भित्र राखेर उनले जग्गा हडपेका छन् । प्रचलित मूल्य अनुसार सो जग्गाको मूल्य अहिले करीव २ करोड भन्दा बढी पर्ने देखिन्छ ।
काठमाडौं महानगरपालिका वडा नं. ४ धुम्वाराही चोकबाट मण्डिखाटार जाने बाटोको पश्चिम तर्फ विष्टको घर रहेको छ भने त्यसको पछाडि करीव १ सय ५० मिटर लामो बाटो रहेको थियो । सोही बाटोलाई विष्टले पदको दुरुपयोग गर्दै कब्जा जमाएका छन् ।
‘अरुको जीउमा जुम्रा देख्ने आफ्नो जीउमा भैसी नदेख्ने’ विष्टले आफूलाई निर्वाचित भएपछि प्रधानमन्त्री भन्दा ठूलो ठान्न थालेका छन् । वर्तमान रक्षामन्त्री ईश्वर पोखरेलको आर्शिवादले वडाअध्यक्षको टिकट पाएका उनी राज्यको नीति नियमलाई खिल्ली उडाउँदै सार्वजनिक जग्गा हडपी रहेका छन् ।
मालपोत कार्यालय तथा नापी कार्यालयको विवरण अनुसार कित्ता नंं १६६, १६७, र १६८ मोहन विष्टको देखिएको भएपनि १४७ र १४८ कित्ता सार्वजनिक बाटो देखिन्छ । त्यही बाटो नै हडपेर विष्टले आफ्नो कव्जामा लिएका छन् । विगतदेखि नै बाटोको दक्षिण तर्फमो मोहडामा पक्की घर निर्माण गरिसकेका उनले वडा अध्यक्ष भएको मौकामा सार्वजनिक बाटो आफ्नो बनाउने तयारी गरेपछि स्थानीयले त्यसको विरोध गरे पनि उनी शक्तिको दुरुपयोग गरिरहेका छन् ।
विष्टले हडपेको सार्वजनिक बाटोलाई बाटोकै रुपमा कायम गर्नु पर्ने स्थानीयहरुका माग रहेको छ । सो विषयमा प्रश्न गर्दा विष्ट भन्छन्, ‘जसको शक्ति छ उसैले लिन्छ, सक्नु हुन्छ भने आउनु तपाई पनि मिच्नुस् ।’ विष्टको चुनौतीपूर्ण शैलीले यिनले वडाको विकास होइन विनास गरिरहेका छन् भन्ने कुरामा दुईमत नै छैन ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...