१५ सय कर तिर्न १५ हजार खर्च

मुगु, भदौ । हिमाली जिल्ला मुगुका व्यवसायीलाई कर तर्न छिमेकी जिल्ला जिम्ला जानुपर्ने बाध्यता छ । नगरपालिकामा रहेका व्यवसायीका लागि वार्षिक दुई हजार ५ सय रुपैयाँ र गाँउपालिकामा रहेका व्यवसायीलाई एक हजार पाँच सय रुपैयाँ कर तिर्न १५ हजार रुपैयाँ भन्दा बढी खर्च लाग्ने गरेको छ ।

आफूहलाई पायक पर्ने स्थानमा करदात कार्यालय स्थापना नहुँदा कर लागत भन्दा बढ खर्च हुने गरेको व्यवसायीहरूले गुनासो गरेका छन् । जिल्लामा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय वा जिल्ला उद्योग वाणिज्य संघमार्फत कर तिर्ने र प्यान नम्बर उपलब्ध गराउने व्यवस्था भए सहज हुन व्यवसायीहरुको भनाइ छ ।

सरकारलाई सहजै रूपमा कर वा राजश्व तिर्ने व्यवस्था नहुँदा मुगुमा धेरै व्यापारीहरूले समयमा कर तिर्न सकेका छैनन् । समयमा कर तिर्न नपाउँदा व्यापारीहरू जरिवानामा पर्ने गररेका छन् । उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमलबहादुर बुढाले सरकारले कर शिक्षा लागू नगर्दा व्यवसायीहरू अलमलमा परेको बताए ।

सरकारले हरेक जिल्लामा करदाता सेवा कार्यालयको स्थापना गरेर कर शिक्षालाई प्रभावकारी बनाउन सके मुगुबाट मात्र वार्षिक करोडौं रुपैयाँ राजस्व संकलन हुने संघका अध्यक्षय बुढाले बताए ।