दुई थान पेस्तोल र एक किलो नक्कली सुनसहित ९ जना पक्राउ

काठमाडौँ, भदौ । नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट दुई थान पेस्तोल र एक किलो नक्कली सुनसहित ९ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले माछापोखरी स्थित हाई रेष्टुरेण्ट एण्ड डान्स वारबाट परिसरबाट दुई वटा पेस्तोल र एक किलो नक्कली सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट तारकेश्वरका २९ वर्षीय राम बहादुर तामाङ, बिदुर नगरपालिकाका २७ वर्षीय पिटर तामाङ,२५ वर्षीय धर्मराज तामाङ, गोरखा अजिरकोट गाउँपालिकाका ३८ वर्षीय कुशल अधिकारी, धादिङ खनियाबास गाउँपालिकाका २६ वर्षीय बिजय तामाङ, रसुवा छोदिम्बुका ३० वर्षीय योर्साङ लामा, गुल्मीको ईस्माका ३० वर्षीय युवराज भण्डारी, रसुवा उत्तरगयाका ३६ वर्षीय छिरिङ तामाङ र नुवाकोट तारकेश्वरका २८ वर्षीय राजन तामाङ रहेका छन् ।

उनीहरुको साथबाट २ वटा सानो चाईनिज पेस्तोल, त्यसमा लाग्ने ४ राउण्ड गोली र १ किलो नक्कली सुन बरामद भएको प्रहरीले जनाएको छ।

ताजा अपडेट