डेंगु संक्रमित कृषि मन्त्री भेट्न नेताहरुको लस्कर

0
625


काठमाडौं, भाद्र । डेंगु रोगको संक्रमण देखा परेपछि अस्पताल भर्ना भएका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको स्वास्थ्यमा सुधार आएको छ । तीन दिन अघि ज्वरो उच्च भएका कारण डेंगुको शंका भएपछि खनाललाई ग्राण्डी अस्पतालको आईसियुमा भर्ना गरिएको थियो ।
उपचार पछि मन्त्री खनाललाई ज्वरो घटेको छ । मन्त्री खनालको स्वास्थ्य अवस्था बुझ्नका लागि पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ,उपप्रधानमन्त्री मन्त्री इश्वर पोख्रेल परराष्ट्र मन्त्री प्रदिप ज्ञावली,उर्जा मन्त्री बर्षमान पुन सभामुख कृण्णबहादुर महरा,श्रम मन्त्री गोर्कण बिष्ट,स्थायी कमिटी सदस्य जर्नादन शर्मा प्रभाकर,देबेन्द्र पौडेल नेताहरु
ग्राण्डी हस्पताल पुगेर मन्त्री खनालको स्वास्थ्य स्थितिबारे जानककारी लिएका थिए ।
मन्त्री खनालको स्वास्थ्यमा अहिले निकै नै सुधार भएको र ज्वरो समेत घटेको अस्पतालमा रहेका स्वकीय सचिव दिपक चुँदालीले बताए । मन्त्री खनालको उपचारमा डा चक्रराज पाण्डे, डा बिकास गिरी, डा प्रज्वल क्षेष्ठ लगायतको टिम संलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here