उपप्रधानमन्त्रीबाट कार्यक्रम बहिष्कार !

काठमाडौं, असोज । सार्वजनिक शौचालयको व्यवस्थापनविनै काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम राखेपछि प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्रम नै बहिष्कार गरेका छन् ।

काठमाडौं जिल्ला समन्वय समितिले मंगलबार आयोजना गरेको उक्त कार्यक्रममा भाग लिन पोखरेल कार्यक्रमस्थल राष्ट्रियसभा गृह पुगेका थिए । तर उनी समारोह भइरहेको कक्षमा प्रवेश नगरी फर्के ।

पर्याप्त शौचालय व्यवस्था नगरी खुला दिसामुक्त घोषणा गर्दा विवादमा पर्ने डरले उनी कार्यक्रमस्थलबाट ‘जरुरी काम परेको’ निहुँ पारेर हिँडेका थिए ।

जिल्ला समन्वय समिति सदस्य दीपककुमार केसीले रक्षामन्त्री कार्यक्रमस्थलमा आएको जानकारी दिँदै भने, ‘प्रमुख अतिथिका रुपमा रक्षामन्त्री कार्यक्रममा आउनु भएको थियो, सार्वजनिक शौचालय व्यवस्थित नगरी जिल्लालाई खुला दिसामुक्त घोषणा गर्दा मिडियामा आलोचना हुने भएपछि उहाँ फर्कनुभयो ।’

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...