चिनियाँ राष्ट्रपति सी चिनफिङ २५ गते नेपाल आउँदै

काठमाडौ, असोज । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते शनिबार नेपाल आउने भएका छन् । राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि काठमाडौंका सडकहरु सिंगार्ने क्रम जारी छ ।
अन्तर्राष्ट्रिय एयरपोर्ट नजिकैको तीनकुने क्षेत्रलाई हरियाली बनाउनका लागि बाहिरबाट दुवो सार्ने काम भएको देखिन्छ ।
त्यही तिनकुनेमा हरियाली बनाउने नाममा कंक्रिट मिसिएका माटोको ढिस्को बनाएर रुख रोप्ने काम भएको छ । पाहुनाको स्वागत गर्नका लागि राज्यले जसरी श्रोत साधन खर्च गरिरहेको छ । त्यसलाई सकारात्मक रुपमा लिँदै निर्माण भएका बाटाघाटा बलियो बनाउन सम्वन्धित निकायले ख्याल गर्नु आवश्यक छ ।