शनि विश्वकर्मा ५० लाख नगद पुरस्कार सहित बने लोकस्टार

काठमाडौं, कार्तिक । एपीवान टेलीभिजनबाट प्रशारित नेपालको सवैभन्दा ठूलो पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको बिजेता रोल्पाका शनि विश्वकर्मा भएका छन् । नगद ५० लाख पुरस्कार र २५ लाखको जीवन बीमा सहित शनि लोकस्टार भएका हुन् ।
शुक्रबार साँझ काठमाडौंको भृकुटी मण्डपमा आयोजित अन्तिम प्रतिष्पर्धामक कार्यक्रममा उनले सो उपाधि हात पारेका हुन् ।
कार्यक्रममा दोस्रो उपाधी चेतन गोतामेले नगद २५ लाख सहित प्राप्त गरेका छन् भने तेस्रो पुरस्कार विनोद दनुवारले पाएका छन् । दनुवारले नगदा १० लाख पुरस्कार पाएका छन् । लोकस्टारको सान्त्वना पुरस्कार भने रामकुमार नेपालीले पाएका छन् । उनले नगद दूईलाख पाएका हुन् । म हो । देशभरका विभिन्न ठाउँमा भएको अडिसनबाट लोकस्टारका उत्कृष्ट छनोट भएका थिए । अडिसनमा छनोट भएका प्रतियोगीले आफूलाई निकै निखारे र अलराउन्डर प्रस्तुति दिए । कार्यक्रममा विभिन्न जिल्लाका स्थानीय साँस्कृतिक लोकसंगीतदेखि आधुनिक गीत र राष्ट्रिय गीतले स्थान पायो ।