हरेक विहान मनतातो पानी पिउँदा यस्तो हुन्छ फाइदा

काठमाडौं, कार्तिक । पानी मानिसका लागि नभै नहुने बस्तु हो भनेर भनिरहनु पर्दैन । तर पनि हामीले पिउने पानी कस्तो र कुन अवस्थाको हुनु पर्दछ भन्ने जान्नु आवश्यक छ । कुन बेला कसरी पानी पिउने भन्ने पनि अध्ययनहरुले फरक फरक धारणा प्रस्तुत गरेका छन् । अध्ययन अनुसन्धानबाट प्राप्त परिणाम अनुसार मानिसहरुले दिनमा ३ लिटरसम्म पानी पिउँदा स्वास्थ्यका लागि फाइदा पुग्ने देखिन्छ । तर पानी कुन बेला पिउने त ? तिर्खा लागेको बेलामा हामीले पानी पिउने गरेकै छौ । भन्ने हामीलाई लाग्न सक्छ तर त्यसबाट हामी मुक्तहुनु पर्दछ । वास्तवमा भन्ने हो भने हामीले हरेक विहान उठ्ने वित्तिकै मनतातो पानी पिउनु अति आवश्यक छ ।
विहान खाली पेटमा तातो पानी पिउनाले पाचन प्रक्रियामा मद्दत गर्छ । पच्न कठिन हुने खानेकुरा खाएको छ भने तातो पानीले त्यसलाई पचाउन मद्दत पु¥याउँछ ।

यसले पेट सफा पार्नुका साथै पाचनसम्बन्धी समस्यालाई नियन्त्रण गरिदिन्छ । जब मानिसको पाचन प्रणाली ठीकठाक हुन्छ, उसको तौल पनि उचित रहन्छ । तातो पानीले शरीरको फ्याट नियन्त्रण गर्न मद्दत गर्छ भने पेटमा गडबडी या दुख्दा पनि तातो पानीले कम गर्छ । ध्यान के दिनुपर्छ भने, तातो पानी विस्तारै पिउनुपर्छ ।

बिहान नियमित मनतातो पानी पिउनेलाई पेटसम्बन्धी समस्या निकै नै कम हुन्छ । बिहान तातो पानी पिउनाले ब्लड फ्लो र सर्कुलेसन सुधारमा पनि मद्दत पुग्छ । त्यतिमात्र होइन, बिहानको तातो पानीले ब्लडप्रेसर सन्तुलित राख्नसमेत मद्दत गर्छ ।