मेगा बैंकलाई आइएसओ प्रमाण–पत्र

मंसिर, काठमाडौं । ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा लिएको मेगा बैंकले आइएसओ प्रमाण पत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत बुधबार प्रमाणपत्र प्रदान गरेको हो ।

वैक सञ्चालनको छोटो अवधिमै एक लोकप्रिय एवं प्रतिष्ठित संस्थाको परिचय बोक्न सफल मेगा बैंकले आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले प्रमाणिकरणको रुपमा आइएसओ प्रमाण पत्र पाएको हो ।

स्थापना भएको एक दशक नपुग्दै बृहत रुपमा शाखा सञ्जाल गरेको मेगा वैकले १ सय ११ वटा शाखा, २१ वटा एक्सटेन्सन काउण्टर, १सय १२ वटा एटिएम मेसिन तथा १ सय १९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु सञ्चालन गरिरहेको छ ।

बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगा रेमिट” को देशभर लगभग २ हजार ५ सयभन्दा अधिक प्रतिनिधिहरु रहेको र आन्तरिक तथा अन्तर्राष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको वैकले जनाएको छ ।