चक्रपथभित्र आज जोर–बिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथभित्र जोर–बिजोर प्रणाली लागू भएको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)लाई मध्यनजर गरी कार्यक्रमलाई सहज पार्न ट्राफिक प्रहरीले चक्रपथभित्र आज जोर–बिजोर प्रणाली लागू गरेको हो ।

त्यसले गर्दा आज चक्रपथभित्र बिजोर नम्बरका मात्र सवारी साधन गुड्न पाउने भएका छन् । जोर–बिजोर प्रणाली चक्रपथ भित्रमात्र लागू हुनेछ ।

त्यस्तै, ठूला सवारीले ट्राफिक जाम गर्ने कारण देखाउदै यस्ता सवारीलाई सागभर चक्रपथभित्र प्रयोगमा ल्याउन रोक लगाइएको छ । दुई दशकपछि नेपालमा आयोजना हुन लागेको खेलकुद प्रतियोगिता आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछिन् ।