मुगुमा नगरप्रमुख शाहीलाई लक्षित गरी बम विष्फोट

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा गएराति नगर प्रमुखलाई लक्षित गरी फेन्टा बम विष्फोट भएको छ । आइतबार साँझ ९ बजे मेयर हरिजंग शाही बस्ने जिल्ला सदरमुकाम गमगढी बजारमा रहेको क्वाटरमा बम विष्फोट भएकाे हाे ।

बम विष्फोटबाट मानविय क्षती नभए पनि घरको सिडीमा सामान्य क्षती पुगेको छ । विष्फोट भएको कोठा भन्दा आफू टाढा भएकाले आफ्नो ज्यान बचेको नगर प्रमुख शाहिले बताए ।

विष्फोट कस्ले र किन ग¥यो भन्ने बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।