तुलसीको पात सेवन गर्दा के के हुन्छ फाइदा

तुलसी पत्र, हिन्दू धर्मका अनुसार विष्णुको एउटा रुप हो । हरेक दिन हिन्दुधर्मालम्वीहरुले तुलसीको पूजा अर्चना पनि गर्ने गर्दछन् । तर तुलसी पत्रको निकै महिमा एकातिर छ भने तुलसी पत्रको सेवनले स्वास्थ्यका लागि निकै नै लाभपुग्दछ । के के फाइदा हुन्छ तुलसी पत्रको सेवनले । तुलसीले जाडो मौसममा मात्रै होइन गर्मीको समयमा हुने विभिन्न संक्रमणबाट पनि हामीलाई जोगाउँछ ।
फाइदाहरुः

१.तुलसीको हरियो पातको रसमा ज्वानोको धुलो मिसाएर खाएमा पेटको जुका मर्दछन् ।
२. तुलसीका ९–१० पात र आधा गिलास मनतातो पानी राखी त्यसमा मह मिसाएर दिनको ३–४ पटक पिएमा रुघाखोकी निको हुन्छ ।
३. तुलसीको रसलाई सफा कपडाले छानेर दुई थोपा कानमा राखेमा कानको दुखाई ठीक हुन्छ ।
४. माकुरा र मुसाले टोकेको ठाउँमा तुलसीको पातको रस लगाएमा तत्काल आराम मिल्छ ।
५. तुलसीको दाना (बिऊ)वा पात पिंधेर गाईको दूधसँग मिसाएर खाएमा पखाला लागेको रोकिन्छ ।
६. तुलसीको १५–२० वटा पातलाई पानीमा राखेर उमाली त्यसमा थोरै विरेनुन राखेर खाँदा पेट ढुस्स परेको र अपच भएको निको हुन्छ ।
७. तुलसीको रसले कुल्ला गरेमा दाँतबाट रगत बग्न रोकिन्छ र डाइरियामा लाभ गर्छ ।
८.बच्चाको पेट दुखेमा तुलसीको रस मनतातो बनाएर दुई चम्चा दिनको २ पटक खाने गरेमा पेट दुख्न बन्द हुन्छ ।
८. बच्चाको पेट फूलेको र दिसा बिग्रिएको छ भने तुलसी र पानको पातको रस खाएमा निकै फाइदा पुग्छ ।
९. औंलो ज्वरो आएका वेला मरिच, पिपल, जाइफल र तुलसीको हरियोपात मिसाएर पिसी सो चूर्णलाई चनाको गेडाजत्रो गोली बनाउएर एक एक गोली दिनको तिनपटक खानाले ज्वरो निको हुन सहयोग हुन्छ ।