लेखा परिक्षकहरुले कमिशन नपाउँदा बेरुजु लेखिदिने डरले भ्रष्टाचार मौलाउँदै


काठमाडौं, पुस । नेपालमा बढ्दै गईरहेको भ्रष्टाचारका कारण फरक फरक भएपनि भ्रष्टाचारका विरुद्ध काम गर्दै आईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले लेखा परीक्षकहरूका कारण भ्रष्टाचार बढेको खुलासा गरेका छन् ।
काठमाडौंमा आयोजित ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ विषयको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले लेखा परीक्षकहरूले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको खुलासा गरेका हुन् ।
भ्रष्टाचार आरोपमा पक्राउ परेका अधिकांश व्यक्तिहरुको अनुसन्धानका क्रममा लेखा परिक्षकलाई कमिशन नदिए बेरुजु लेखिदिने धम्कीका भ्रष्टाचार गर्ने बयान दिने गरेको अख्तियारकाप्रमुख आयुक्त घिमिरेले सार्वजनिक रुपमा नै बताए ।

ताजा अपडेट