जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रभु वैक

बाग्लुङ, पुस । जनताको पहुँचमा सहज पहुँच पु¥याउने उदेश्यले प्रभु बैंकले बाग्लुङ जिल्ला प्रशासन कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । प्रभु वैकको एक्स्टेन्सन काउण्टरको प्रमुख जिल्ला अधिकारी लुकबहादुार क्षेत्रीले उद्घाटन गरेका हुन् ।

बाग्लुङको जिल्ला प्रशासन कार्यालयमा सेवाका लागि आउने सेवाग्राहीलाई सेवा शुल्क वापतको रकम जम्मा गर्न सहजताका लागि काउण्टर सञ्चालनमा ल्याएको वैकले जनाएको छ ।

हाल प्रभु वैकको २०२ वटा शाखा कार्यालय, १ सय ५१ वटा एटिएम र ३९ वटा एक्स्टेन्सन काउण्टर तथा मार्फत १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत सेवा प्रवाह गरिरहेको छ ।