कोरोनाका कारण चैतमा तिर्नु पर्ने व्याज असारभित्र तिरे हुने

काठमाडौं, चैत्र । नेपाल राष्ट्र वैकले कोरोना भाईरसको संक्रमणको कारण लकडाउनमा मुलुक रहेकाले ऋणीहरुलाई राहत दिने व्याकेज ल्याएको छ । राष्ट्र वैकले नीतिगत रुपमा नै निर्णय गरेर सो प्याकेज ल्याएको हो ।

लकडाउनका कारण सम्पूर्ण सेवा वन्द भएको भन्दै व्यवसायका लागि ऋण लिएका ऋणिहरुले व्याज तिर्न असहज हुने देखिएपछि राष्ट्र वैकले साँवा तथा व्याज तिर्ने समयावधि बढाइदिएको छ । आइतबार १९ बुँदे सर्कुलर जारी गर्दै राष्ट्र बैंकले चैतसम्ममा तिर्नुपर्ने कर्जा असारमा बुझाएमा जरीवाना नलाग्ने निर्णय गरेको हो।

त्यति मात्र होइन चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक त्रैमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउने व्यवस्था पनि वैकले गरेको छ ।

सर्कुलरमा भनिएको छ,‘०७६ चैत महिनामा असुल गर्नुपर्ने मासिकरत्रयमासिक किस्ताहरुको (क्रेडिट कार्डसमेत) भुक्तानी ०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउनु पर्नेछ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन पाइने छैन ।