पूर्वराजाले नेपाल सरकारको कोषमा २ करोड सहयोग गरे

काठमाडौं, चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको उद्दार कोषमा हिमानी ट्रष्ट मार्फत २ करोड सहयोग गरेका छन् ।

पूर्वराजाले आफूले जनताको सुरक्षाका लागि २ करोड सहयोग गरिरहँदा नेपालमा पटक पटक प्रधानमन्त्री भएर अवौं कमाएका कुनै पनि नेताले सरकारी कोषमा रकम सहयोग गरेको देखिएको छैन । नेपाली जनताले गरेको निर्णय नै सर्व स्वीकार्य हुने बताउँदै आईरहेको पूर्व राजाले अहिले सरकारले गरेको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताएका छन् ।

कोभिड–१९ का सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उनले विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सम्यता र विकासलाई नै गम्भीर चुनौती दिएको समेत उल्लेख गरेका छन् ।

ताजा अपडेट